• शनिबार-बैशाख-८-२०८१

साँघुकाे समाचारबाट पूर्व मन्त्री तुलाधर दुःखी


 आदरणीय सम्पादकज्यू,
 साँघु न्युज,

तपाइंको लोकप्रिय संचार माध्यम साँघु न्यूजमा २०७९ श्रवण ९ गते सोमवार १५:५९ वजे प्रकाशित “पूर्व मन्त्री तुलाधरलाई विज्ञको जागिर” समाचारले मलाई अत्यन्त दु:खित  तुल्याएको छ ! समाचार विवरणमा जेसुकै लेखिएको भएता पनि वास्तविकता यस्तो छ ।


१.     मलाई सम्मानीय प्रधान मन्त्री अध्यक्ष रहनु भएको रास्ट्रिय विपद जोखिम न्यूनिकरण र व्यवस्थापन परिषद को मिति २०७८/०४/२६ को सातौं बैठकले विपद जोखिम न्यूनिकरण तथा  व्यवस्थापन ऐन २०७४ दफा ३ उपदफा (२) खण्ड (झ) वमोजिम विज्ञ सदस्यको रुपमा मनोनयन गरिएको कुरा सत्य हो र म २ पटक त्यस हैसियतमा बैठकमा भाग लिई सकेको छु।


२.    रास्ट्रिय विपद जोखिम न्यूनिकरण र व्यवस्थापन परिषद को उक्त्त विज्ञ सदस्यको हैसियतमा कुनै आर्थिक सुविधा तथा अन्य केही पनि लिने गरेको छैन। यहाँसम्म कि बैठकमा जाँदा बैठक भत्तासम्म पनि लिएको छैन।


३.    सम्माननीय प्रधानमन्त्रीज्यूले मुख्य सचिवलाई र मुख्य सचिवले गृह सचिवलाई मेरो निम्ति तुरुन्त अफिसको व्यवस्था गर्न भनेर निर्देशन दिनु भएको सम्म जानकारी छ । तर त्यस भन्दा पछि तत्सम्बन्धमा मलाई कुनै जानकारी आएको छैन।
                      
                                                                                     डा. गंगालाल तुलाधर
                                                                                          विज्ञ सदस्य
                                                      राष्ट्रिय विपद जोखिम न्यूनिकरण र व्यवस्थापन परिषद,

 

प्रतिकृया दिनुहोस