• शुक्रबार-बैशाख-१४-२०८१

सेनाका जर्सा’ब पनि जग्गा कारोबारी ? 

श्रीमान सम्पादकज्यू 
  नेपाली सेनाका उपरथी सिताराम खड्का सेनामा अर्बपतिको दुई तारे जर्नेल भने अधिकृतहरु बीच चर्चित रहेका छन् । खड्का नेपाली सेना भित्रका सबैभन्दा धनी जर्नेल भने कहलिएका छन् । उनले काठमाडौंदेखि झापासम्म विभिन्न ठाउँमा जग्गा जमिन जोड्न सफल भएका छन् । खड्काले कतै आफ्नै नाममा र कतै श्रीमतीको नाममा र आफ्नै ससुराको नाममा गरी विभिन्न ठाउँमा जग्गामा लगानी गरेको हामीले सुन्ने गरेका छौं ।  


 खड्का जर्सा’बले काठमाडौंको मच्छेगाउँ वडा नं ९ मा कित्ता नं २५ भएको ७ रोपनी ९ आना जग्गा सिताराम खड्का र  सुन व्यापारी आरके ज्वेलर्सका सञ्चालक राजेन्द्र शाक्यसँग मिली २०७६ साल ७ महिना ५ गतेको दिन मालपोत कार्यालयमा पास गरेका छन् । यो जग्गाको न्यूनतम मूल्य १५ लाख आना पर्ने सुनेका छौं । त्यसैगरी खड्का जर्सा’बले श्रीमतीको नाममा झापा जिल्ला गरामनी वडा नं १ मा कित्ता नं ५११४ भएको ४२२ वर्ग मिटर जग्गा २०७५ साल जेठ  १६ गते झापा जिल्ला मालपोत कार्यालयमा उमा खड्काको नाममा पास गरेको हामीले सुनेका छौं । 


  यसैगरी उपरथी सिताराम खड्काले काठमाडौंको डिल्लीबजारमा आफ्नै ससुरा लाई साझेदारी बनाएर ६ आना जग्गा किनेको पनि आर्मी हेडक्वार्टर चर्चा हुने गरेको छ । यो जग्गाको मूल्य झन्डै डिल्ली बजारको आजको दिनको जग्गाको मूल्य कमसेकम प्रति आना ६० लाख छ । यो जग्गाको हिसाब हेर्दा रु. ३ करोड ६० लाख पर्न आउँछ ।


  उपरथी सिताराम खड्काले आखिर कहाँबाट यत्रो जग्गा जमिन जोड्न सफल भए भन्ने कुराले नेपाली सेनाभित्र ठूलो चर्चा परिचर्चा हुन थालेको छ । एकजना नेपाल सरकारको विशिष्ट श्रेणीको अफिसरले यति धेरै सम्पत्ति जोड्न नसक्ने कुरा छर्ल¨ै छ । अनि फेरि नेपाली सेनाको जागिरले मात्र त कुनै हालतमा कमाउन सक्दैनन् । विभिन्न विवादित व्यक्तिहरुसँग मिलेर जग्गामा लगानी गर्न‘ भनेको नेपाली सेनाका जर्नेलहरु पेशा प्रति कति इमादार र सफा छन् भन्ने कुरा पनि सिताराम खड्का जर्सा’बको जग्गा कारोवारी पार्टनर विवादित सुन व्यवसायी राजेन्द्र शाक्यलाई हेर्दा नै घाम जस्तै छर्लंग हुँदैन र ? –नेपाली सेनाका अधिकृतहरु  
 

प्रतिकृया दिनुहोस