• शुक्रबार-चैत-१६-२०८०

अर्थराइटिसबाट बच्न त्यागौं यी आदत

उमेर भएका व्यक्तिहरुमा हाड–जोर्नीहरु दुख्ने समस्या साधारण बन्दै गएको छ । यस समस्याबाट पीडित हुनेहरुको संख्या दिनानुदिन बढ्दै गएको पाइन्छ । यो समस्या कुनै एउटा कारणले गर्दा हुँदैन । भिटामिनी डीको कमीले पनि बिरामीको औंला, घुँडा, गर्दन, कुहिनाको जोर्नीहरु दुख्ने गर्दछ । अर्थराइटिस एक यस्ता समस्या हो जसले गर्दा पीडितले गहन दुखाई सहन गर्नुपर्ने हुन्छ । 


–अर्थराइटिस सामान्यतया शारीरिक अभ्यासको कमी, शारीरिक श्रमको अभाव, दैनिक एक घण्टाभन्दा बढी समय बसिरहने, मिठो पेयपदार्थको अधिक सेवन गर्ने कारणहरुले गर्दा पनि हुने गर्दछ । 


अर्थराइटिसबाट बच्ने उपाय : 


–यस्तो समस्या हुने व्यक्तिले अमिलो फल, अमिलो खाद्यपदार्थ जस्तो दही, मोही इत्यादिको सेवन गर्नुपर्दछ । 


–जसमा अर्थराइटिसको समस्या छ, उनीहरुले धेरै मात्रमा गुलियो सेवन गर्नुहुँदैन । 


–डेरी उत्पादनमा प्रोटिन धेरै हुने भएकाले अर्थराइटिसका बिरामीले यसको सेवन कम गर्नुपर्दछ । 


–फास्ट फुडको सेवन एकदमै कम गर्नुपर्दछ । किनभने यसमा नुनको मात्रा एकदमै बढी हुन्छ जसले अर्थराइटिसको समस्यालाई बढाउने मात्र नभई दैनिक स्वास्थ्यलाई पनि हानी पु¥याउँदछ । 

प्रतिकृया दिनुहोस