• बिहीबार-बैशाख-१३-२०८१

दिपेन्द्र सोनाम भए द फ्लीक मोडलको बिजेता



काठमाडौं : राजधानीमा सम्पन्न भएको द फ्लीक मोडल प्रतियोगितामा दिपेन्द्र सोनाम बिजेता बन्न सफल भएका छन् । उनले अन्य प्रतिश्पर्धीलाई पछि पार्दै बिजेताको ट्रफी उचाल्न सफल भएका थिए। ट्रफीको साथमा उनले नगद लगायत अन्य उपहार समेत जितेका छन्। सिन्धुपाल्चोक स्थायी घर भई काठमाडौंलाई कर्मथलो बनाउदै आएका उनले दर्जनौ म्यूजिक भिडियो र चलचित्रमा समेत अभिनय गरिसकेका छन् ।  



मोडलिङ क्षेत्रमा प्रशस्त सम्भाबनाहरु रहेका छन् भने क्षमतावान तथा कला भएकाहरुको लागि आफू चर्चित हुने राम्रो माध्यम पनि हो  वास्तवमा कलाकारिता । आजकाे नेपालमा कलाकारिता  एउटा रहर मात्र होइन, जहाँ गर्न सके नाम र दाम दुवै कमाउन सकिन्छ ।

 

   त्यसैले पनि मोडलिङ वा कलाकारितालाई धेरैले आफ्नो रुचि र इच्छाको रुपमा लिएको पाइन्छ । नृत्य र अभिनयमा पोख्त दिपेन्द्र चक्लेटी अनुहार र  मिलेको सुगठित आकर्षक शरीरको धनी पनि छन् भने बहुप्रतिभा भएका बहुआयामिक व्यक्तित्व उनको आकर्षण मानिएकाे छ  । त्यसैले त सम्भाबना बोकेका ह्यान्डसम मोडल दिपेन्द्र सोनाम यस क्षेत्रमा स्थापित हुन अहिले दिनरात मेहनत गर्दै अगाडि बढिरहेकाे उनी निकटहरू बताउछन् ।



भविष्यमा अन्तर्राष्ट्रिय क्षेत्रमा आयाेजना हुने मोडलिङ प्रतियोगितामा समेत प्रतिश्पर्धा गर्ने सोच बनाएका मोडल दिपेन्द्र सोनाम युवा ब्यबसायी र गायक समेत हुन् ।  

 
 
प्रतिकृया दिनुहोस