• शनिबार-बैशाख-८-२०८१

एमाले सचिवालय बैठक सुरु 

काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमालेको केन्द्रीय सचिवालय बैठक सुरु भएको छ । च्यासलस्थित पार्टी मुख्यालयमा बैठक सुरु भएको हो । जारी बैठकमा आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको तयारीलगायतका विषयमा छलफल हुनेछ । 

 

सत्तारुढ दल गठबन्धन गरेर चुनावी मैदानमा होमिन लागेको छ । तर, हालसम्म गठबन्धन र तालमेलको निर्णय गरिनसकेको एमालेले चुनावी तयारी र रणनीति बनाउने विषयमा छलफल गर्न सचिवालय बैठक राखेको हो । 

प्रतिकृया दिनुहोस