• शुक्रबार-चैत-१६-२०८०

अज्ञात समूहद्वारा वडा सदस्यको घरबाट चोरी गरिएको मोटरसाइकल जंगलमा फेला

कञ्चनपुर।कञ्चनपुरमा चोरी गरिएको मोटरसाइकल जंगलमा फेला परेको छ । बिहिबार राति १२ बजे जिल्लाको वेदकोट नगरपालिका वडा नम्बर ४ को सरकारी नम्बर प्लेटको मोटरसाइकल चोरी भएको थियो ।

 
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार वडा सदस्य नवराज भट्टको घरमा राखिएको उक्त म१प ४८५ नम्बरको मोटरसाइकल अज्ञात समूहले चोरी गरेको थियो ।


मोटरसाइकलको खोजी गर्दै जाँदा नगरपालिकाको वडा नम्बर २ स्थित सामुदायिक वन भित्र झाडीमा लुकाएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस