• बुधबार-बैशाख-१२-२०८१

सशस्त्र प्रहरीद्वारा लेक लागी बेहोस भएका तीन जनाको उद्धार

 


रसुवा, रसुवा जिल्लाको गोसाईकुण्ड गाँउपालिका ५ स्थित गोसाइकुण्ड तिर्थबाट २०७९ साउन २७ गते घर फर्किने क्रममा लेक लागी बेहोस भएका तीन जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।


        बेहोस हुनेहरुमा नुवाकोट जिल्लाको ककनी गाँउपालिका ८ बस्ने ४५ वर्षीय नारायण भण्डारी र सोही जिल्लाको विदुर नगरपालिका ११ बस्ने २० वर्षीय साधना प्याकुरेल र धादिङ्ग जिल्लाको निलकण्ठ नगरपालिका ३ बस्ने १०वर्षीय निर्जीव दुवाडी छन् ।


        सो बारे जानकारी प्राप्त भएपश्चात सशस्त्र प्रहरी बल नेपाल नम्बर २० गुल्म रसुवाबाट गएको सशस्त्र प्रहरीले उनीहरुलाई पिठ्यूमा बोकी धुन्चे अस्पताल ल्याउने क्रममा उनीहरुको बाटोमै स्वास्थ्यमा सुधार आएपछि आफन्तको जिम्मा लगाई पठाइएको सशस्त्र प्रहरीले  जानकारी दिएकाे छ ।

 

प्रतिकृया दिनुहोस