• बुधबार-बैशाख-१२-२०८१

टान निर्वाचनमा एमाले-कांग्रेस गठबन्धनपछि भाँडभैलाे मच्चियाे !


काठमाडौं । टानका ४४ औं अधिवेशन  २०७९ साउन ३० गते ह्यात होटलमा हुँदैछ । उक्त अधिवेशनले नयाँ कार्यसमिति सदस्यको पनि चयन गर्दैछ । उक्त चुनावका लागि ठमेल, पाटन, भक्तपुरका पर्यटन व्यवसायीहरु उत्साहित भएका छन् ।

 

उनीहरुको चहलपहल पनि निकै बढेको छ । प्रचारप्रसारको अन्तिम समयतिर लागेपछि उम्मेदवारहरु पनि दौडधुपमा लागेका छन । आज २०७९ साउन ३० गते उनीहरुले अन्तिम भोज खाँदै  आआफ्नाे र प्रचारप्रसार गर्नेछन् ।


अहिले टानका लागि तीनजना अध्यक्षका उम्मेदवार मैदानमा उत्रिएका छन् । कांग्रेस र एमालेको तर्फबाट नीलहरि वास्तोला अध्यक्षको उम्मेदवार भएका छन् । उनी कांग्रेसका तर्फबाट उम्मेदवार भएका हुन् ।

 

एमालेले पनि उनैलाई समर्थन गरेको छ । वरिष्ठ उपाध्ययक्ष महासचिव लिएर एमालेले कांग्रेससँग गठबन्धन गरेको हो । माओवादीविरुद्ध एमाले र कांग्रेसले गठबन्धन गरेपछि एमालेभित्र भने विवाद सुरु भएको छ ।


 एमालेबाट टानमा अध्यक्ष भइसकेका सीताराम सापकोटा, चन्द्र रिजाललगायत एनएमका पूर्वअध्यक्ष सन्तवीर लामा, भिटोफका अध्यक्ष धुब्र सिंखडा, एमाले पर्यटन व्यवसायी संगठनका वरिष्ठ उपाध्यक्षसहितको पंक्तिले भने विद्रोह गरेका छन् । उनीहरुले कांग्रेससँगको गठबन्धन तोडेर माओवादीसँग गठबन्धन गरेका छन् ।


 २०७९ साउन २० गते एमाले र माओवादीबीच वाम गठबन्धन गर्ने सहमति भएको थियो । उक्त सहमति अनुसार नै माओवादीले एमालेका अध्यक्षका उम्मेदवार राजेन्द्रप्रसाद सापकोटालाई समर्थन गर्ने भनेर पत्र समेत दिएको थियो ।

 

तर, राजेन्द्र सापकोटाको विरोधमा रहेका एमालेकै अर्को पक्षले हतारहतार कांग्रेससँग सम्झौता गरेको भन्दै एमालेभित्र विवाद भएको हो । त्यही विवादका कारण एमाले विभाजित भएको छ ।


 अहिले सीएन पाण्डे र पूर्ण कुँवरको टोली कांग्रेसतिर लागेको भएपनि अन्य पर्यटन व्यवसायीहरु माओवादीको तर्फबाट अध्यक्षका उम्मेदवार भएका कमल सापकोटाको पक्षमा लागेका छन् । एमालेको यो समूहले सापकोटा समूहबाट पनि महासचिव पाएको छ । दुईमध्ये जुन टीमले जिते पनि एमालेले महासचिव पाउने भने पक्का भएको छ । दुवै समूहबाट महासचिव पाएका कारण उक्त संभावना देखिएको छ ।


 एमालेभित्रको विवाद  उत्कर्षमा पुगेपछि संस्थापन क्षेत्रले राजेन्द्र सापकाेटालाई भने कारबाही गर्ने निर्णय गरेको छ । उक्त कारबाहीप्रति सापकोटाले आपत्ति जनाएका छन् । यता स्वतन्त्रबाट वोधराज भण्डारीले अध्यक्षमा उम्मेदवारी दिएका छन् ।

प्रतिकृया दिनुहोस