• बिहीबार-चैत-१५-२०८०

गठबन्धनको लुते घोडा र सोम शर्माको सपना !

यो चुनाव जनतालाई मूर्ख बनाउन गाउँने भनेको त्यही प्रतिगमनको गीत हाे

स्वतन्त्र निर्वाचनलाई लोकतन्त्रको मेरुदण्ड मानिन्छ । अर्थात् स्वतन्त्र विनाको लोकतन्त्रको कल्पना समेत हुन सक्दैन । यही लोकतन्त्रको अभ्यास गर्ने क्रममा पन्चायतलाई अलग राख्दा पनि यो मुलुकमा चारवटा आम निर्वाचन र दुईवटा संबिधान सभा निर्वाचन सम्पन्न भै सकेका छन् । तर, यी सबै निर्वाचन आवश्यकताका निम्ति नभएर कर्मकाण्डका निम्ति मात्र भएको देखिन्छ ।

 

निर्वाचनलाई कर्मकाण्ड बनाउँदा लोकतन्त्रको महिमा र गरिमामा निरन्तर रुपमा यसको स्खलन भै राखेको छ । अब त चुनावी गठबन्धनको नाममा आफूले रोजेका दलको उम्मेदवारलाई मत दिन अधिकारबाट समेत नागरिकलाई बन्चित गर्ने  खेल दोहोरिन थालेको छ । 


 मतदातालाई एउटा पार्टीको उम्मेदवार मन परेको हुन्छ । तर, गठबन्धनले त्यो निर्वाचन क्षेत्रमा त्यो पार्टीको त्यो व्यक्तिलाई उम्मेदवार नै बनाएको हुँदैन । स्वतन्त्र मतदाताले गठबन्धनको पार्टीले गरेको आदेश अनुसार मत खसाल्नु पर्दछ । २०७९ बैशाखबाट हामी नेपालीले गर्न थालेको विचित्र लोकतान्त्रिक अभ्यास भनेको यही । जनताले आफ्नो ईच्छा अनुसार होईन गठबन्धनको स्वार्थ अनुसार लादेको उम्मेदवारलाई नेपाली जनताले लोकतन्त्रको नयाँ अभ्यास मान्दै र भन्दै मतदान गर्नु पर्ने भएको छ ।


 एकातिर निर्वाचनलाई कर्मकाण्ड बनाउने अर्कातिर चुनावमा सिण्डिकेट खडा गरेर मतदाताको अधिकारमाथि हस्तक्षेप गरेपछि लोकतन्त्रको हालत के होला ? अहिले जे भै राखेको छ, त्यही होला भन्नु पर्ने अवस्था आएको छ ।

 

राजनीतिक दलले आफ्नो स्वार्थका लागि जुन दलसंग पनि तालमेल, साँठगाँठ, सहकार्य जे पनि गर्न मिल्दछ । तर, आफूलाई मन परेको पार्टी र उम्मेदवारलाई मत दिनबाट रोक्न भने कुनै दल तथा नेताले मात्र होईन, कसैले पनि रोक्न सक्दैन ।

 

गठबन्धन वास्तवमा ढुङ्गाको भर माटो, माटोको भर ढुङ्गा भन्ने हाम्रो सामाजिक मान्यता अनुसार बनेको हो । किनभने अन्य दलको साथ नपाई चुनाव जित्ने अवस्थामा गठबन्धन दलका अधिकांश नेता छैनन् । यही कारणले गर्दा क्रान्तिकारीको बिल्ला लगाएका नेताहरु गठबन्धनको घोडामा सवार भएर चुनावी मैदानमा आउँदैछन ।

 

किनभने आफूलाई मन लागेको पार्टी र उम्मेदवारलाई मत हाल्ने नागरिकको अधिकारलाई संविधानले नै सुनिश्चित गरेको छ । तर, दलको स्वार्थमा गठन भएको गठबन्धनले सम्पन्न स्थानीय निर्वाचनमा नागरिकको यो सम्बैधानिक अधिकारमा हस्तक्षेप ग¥यो र आफूले चाहेको उम्मेदवारलाई मत हाल्न पाएनन् । किनभने कहाँ कसलाई उम्मेदवार बनाउने र मतदाताको संबैधानिक अधिकार माथि गठबन्धनको नाममा दलहरुले हस्तक्षेप गरेका थिए । अब हुने आम चुनावमा पनि तिनै दल त्यही प्रणालीविरुद्धको ईतिहास दोहो¥याउने कसरतमा लागेका छन् ।  


 कमजोर संगठनको कारण एक्लै चुनाव लड्ने हैसियतमा नरहेका दलहरु प्रतिगमनको आप्mनै दिमागी भूत देखाएर गठबन्धनको नाममा एक ठाउँमा भेला भएर चुनाव लडी राखेका छन् । यही कारणले गर्दा नै असन बजारको भीड जस्तो विचार, सिद्धान्त र कार्यदिशाको मामिलामा गोरु बेचेको साईनो नपर्ने दलहरु प्रतिगमनलाई समाप्त पार्न भन्दै कांगे्रस सभापति शेरबहादुर देउवाको नेतृत्वमा एकठाउँमा भेला भएका छन् ।

 

शेरबहादुर देउवा तिनै नेता हुन, जसले लोकतन्त्रलाई राजा ज्ञानेन्द्रलाई बुझाएर प्रतिगमनको प्रारम्भ गरेका थिए । अहिले तिनै देउवा प्रचण्डदेखि माकुने र गठबन्धनसम्मको नेता भएका छन् । यो स्थितिमा नेताको नियत बुझने क्षमता जनता राख्छन् भन्ने नेताहरुले बुझ्दा राम्रो होला । त्यस कारण अग्रगमनको ठेक्का लिएका दलहरुले दिमागी भूत देखाएर जनता तर्साएर आप्mनो उल्लु सिधा गर्ने धन्दा नगर्दा नै राम्रो होला । 


  यस बाहेक गठबन्धनको पछि लागेर रंगीन सपना देखि राखेका नेताहरुले राजनीति भनेको दुई दुई चार हुने गणित होईन । तर, गठबन्धनका नेताहरु राजनीतिलाई गणित मानेर त्यसैको जोड घटाउबाट आउने परिणममा नै सोम शर्माको सपना देखेर अहिलेबाट नै मख्खपर्न थालेका छन् ।

 

सोम शर्माको सपनाबाट मख्ख परेकै कारणले गर्दा माओवादी अध्यक्ष पुष्पकमल दाहाल आगामी निर्वाचनको परिणामबाट माओबादी सबभन्दा ठूलो कम्युनिष्ट पार्टी हुने सोम शर्माको सपना देख्न थालेका छन् । तर, स्थिति के देखिन थालेको छ भने, गठबन्धन बिना एक्लो दलमार्फत् चुनावी मैदानमा उत्रिए शेरबहदुर देउवा बाहेक गठबन्धनका अन्य कुनै शीर्ष नेता चुनाव जितेर आउने स्थिति छैन । यो बाध्यताको कारणले गर्दा पनि बैतरणी तर्नका लागि यी नेताले गठबन्धनको पुच्छर समाउनु पर्ने भएको छ ।


 संसदीय पद्धति भनेको दलीय प्रतिस्पर्धा नै हो र यो प्रतिस्पर्धा निश्चित समयमा हुने चुनाव नामको जन अदालतमा हुन्छ । यही कारणले गर्दा चुनाव नामको जन अदालतमा जाँदा दलहरुले विगतमा आफूले गरेका र चुनाव पछि गर्ने काम समेटेर घोषणा पत्र सार्वजनिक गरेका हुन्छन् ।

 

अब, गठबन्धनमार्फत एउटै छाता मुनी गोलबन्ध भएर एउटै चिन्ह र घोषणापत्रबाट चुनाव लड्ने हो भने अलग पार्टीको नाममा फरक नाङ्ले पसल किन खोल्ने भन्ने प्रश्न पक्कै पनि जनताले गर्ने छन् । अर्थात् विपरीत ध्रुवका दलको गठबन्धनलाई प्रतिगमनको त्रास देखाएकै कारणले मतदाताले जायज मानेर गठबन्धनको उम्मेदवारको पक्षमा मतदान गर्ने छैनन् । किनभने जनता अब नेताले जस्तो बदमासी गर्न नजाने पनि केही बुझ्नेचाहिं भैसकेका छन् ।

 


जनताले केही बुझ्न थालेकै कारणले गर्दा उनीहरुको छनौट दलका उम्मेदवारबाट स्वतन्त्र उम्मेदवारतिर सर्न थालेको सम्पन्न स्थानीय निर्वाचनको क्रममा आएको काठमाण्डांै महानगरको मेयरको निर्वाचन परिणामले नै देखाएको छ । यसैगरी पछिल्लो समयमा घन्किन थालेको पाका नेतालाई संसद होईन बृद्धाश्रम भन्ने नारालाई पनि हल्का रुपमा लिनु हुँदैन ।

 

गठबन्धन वास्तवमा ढुङ्गाको भर माटो, माटोको भर ढुङ्गा भन्ने हाम्रो सामाजिक मान्यता अनुसार बनेको हो । किनभने अन्य दलको साथ नपाई चुनाव जित्ने अवस्थामा गठबन्धन दलका अधिकांश नेता छैनन् । यही कारणले गर्दा क्रान्तिकारीको बिल्ला लगाएका नेताहरु गठबन्धनको घोडामा सवार भएर चुनावी मैदानमा आउँदैछन ।


 यी नेताहरुसंग जनताका निम्ति ५ बर्षको कुनै उपलब्धि केही छैन र यो चुनाव जनतालाई मूर्ख बनाउन गाउँने भनेको त्यही प्रतिगमनको गीत हो । देउवाको नेतृत्वमा गाईने यो गीतलाई जनताले कति पत्याउलान् भन्ने प्रश्नको जवाफका लागि भने चुनावसम्म पर्खिनै पर्छ । गठबन्धनमा रहेका दलले आगामी निर्वाचनलाई प्रतिशोध साँध्ने अवसरको रुपमा पनि उपायोग गर्ने रणनीति बनाएका छन् ।

 

आफूहरु सफल हुने र प्रतिश्पर्धीसँग प्रतिशोध लिने उमेरको उनीहरुको यो इरादालाई पनि जनताले नै अनुमोदन गर्नु पर्ने हुन्छ । तर, जनताको नजरमा अहिले कुनै पार्टी पनि पपुलर हुन सकेका छैनन् । यो स्थितिमा गठबन्धनका दलका राजनीतिक स्वार्थ र प्रतिशोध साँध्न जनताले कति साथ दिन्छन् भन्ने प्रश्नसँगै गठबन्धनका नेताले आफ्नो अतीतको समीक्षा गर्न पनि जरुरी छ ।

 

यदि उनीहरुले आफ्नो विगतको समीक्षा नगर्ने हो भने जनताले चुनावमार्फत् उनीहरुलाई नै विगतको हविगतमा पु¥याइ दिने संकेत चुनावको मिति घोषणा भएसँगै देखिन थालेको छ ।

प्रतिकृया दिनुहोस