• शुक्रबार-चैत-१६-२०८०

एनटीएका अध्यक्ष खनालविरुद्ध उजुरीको चाङ : विनोद चौधरीको सेटिङमा थमौती

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले गरेका अनियमित कामकारबाहीका बारेमा प्रश्न उठ्न थालेका छन् । नागरिक सरोकारको हवाला दिंदै उनका विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । उजुरीमा प्राधिकरणभित्र कर्मचारीहरुसँग समन्वय नगर्ने, आर्थिक स्वार्थका कामलाई प्राथमिकता दिने, प्राधिकरणको सुधार भन्दा पनि स्वार्थसिद्धिमै रमाएर केन्द्रित हुने गरेको जस्ता विषय समेटिएको छ ।


तत्कालीन कार्यकारी अध्यक्ष दिगम्बर झाले राजीनामा दिएपछि रिक्त पदमा त्यतिबेलाका संचारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले उनलाई नियुक्त गरेका थिए । प्राधिकरणमा उपयुक्त ब्यक्तिको नियुक्ति हुन नसकेको भन्दै त्यसबेला पनि बिरोध भएको थियो । प्राधिकरणले मोवाइल र इन्टरनेट सेवाको गुणस्तर सुधारका लागि नियमनकारी निकायका हैसियतले प्रभावकारी भूमिका खेल्न नसकेको आरोप छ ।

 

निजी क्षेत्रका मोवाइल र इन्टरनेट कम्पनीहरुसँग मिलेमतो गरी गुणस्तर सुधारभन्दा पनि ब्यक्तिगत लाभमा रमाएको आरोपसमेत उजुरीमा लगाइएको छ । गोकुल बास्कोटापछिका संचार मन्त्री पार्वत गुरुङलाई समेत प्रभावमा पार्न सफल भएका खनाल त्यसपछिका मन्त्रीका प्रियपात्र रहँदैआएका छन् । संचारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका भाइ लोकेन्द्र कार्कीलाई ठेक्कापट्टामा संलग्न गराएका कारण उनको पद सुरक्षित हुन पुगेको छ ।


संचार मन्त्रीमा कार्की नियुक्त भएपछि खनालको विकल्प खोज्दै विराटनगरका उत्तरकुमार रेग्मी अगाडि सारिए । काठमाडौं महानगरका पूर्व कर्मचारी रेग्मी प्राधिकरणको अध्यक्ष हुनका लागि लागेको सूचना पाएपछि खनालले मन्त्रीका भाइ लोकेन्द्रसँग सेटिङ गरी पद थमौती गराएका थिए । अहिले फेरि सुरक्षण मुद्रण विकास समितिका विवादस्पद कार्यकारी निर्देशक विकल पौडेल पुनः प्राधिकरणको अध्यक्षका लागि लागेको थाहा पाउनासाथ खनाल शक्तिकेन्द्रलाई प्रभावमा पार्न लागिसकेको खबर छ ।


खनालका सकल परिवार अमेरिकाबासी  हुन् । उनको पनि अमेरिकी पीआर थियो । तर प्राधिकरणको अध्यक्ष हुने निश्चित भएपछि उनले पीआर त्यागेको स्रोतले बतायो । स्रोतका अनुसार, प्राधिकरणबाट अनियमितताबाट आर्जित करोडौं सम्पत्ति सबै उनले अमेरिका सिफ्ट गरिसकेका छन् । उनी कार्यकाल सकिनासाथ नेपाल छाड्ने तयारीमा रहेका छन् । 


 खनाललाई पछिल्लो समयमा कांग्रेस सांसद उद्योगी–व्यवसायी विनोद चौधरीले बालुवाटारमा कनेक्सन मिलाइदिएका छन् । सीजी टेलिकमको अनुमति लिनका लागेका चौधरी पछिल्लो समयमा केही दूरसंचार माफियासँग मिलेर दर्ता भइसकेको कम्पनी संचालनको तयारीमा छन् । त्यसका लागि उनले खनालको पद जोगाएर उनलाई उपयोग गर्ने रणनीति अख्तियार गरेको स्रोत बताउछ । 

प्रतिकृया दिनुहोस