• बिहीबार-चैत-१५-२०८०

सैनिक कल्याणकारी कोषको रकम ६४ अर्ब पुग्यो, अब यसाे गराैं

१. प्रत्येक भूपू तथा बहालवाला सैनिकका १ जना छोराछोरीलाई अनिवार्यरुपमा सैनिक स्कुलमा पढाउनु पर्ने |


२. भूपू  सैनिकलाइ वितरण गर्दै गरेको आवास पहेँलो पट्टाबाट प्राप्त हुने रु. ४००। लाई समयानुकूल १००० देखि १५०० सम्म बनाउनु पर्ने !


३. भूपू  तथा बहालवाला सैनिकका छोराछोरीहरुलाई प्रतिस्पर्धाबाट छोरा २० र छोरी २० गरि ४० जनालाई प्रत्येक बर्ष MBBS र सोही अनुसार ४० जना छोराछोरीलाई BE पढाउनका लागि ८०% सैनिक कल्याणकारी काेषबाट र २०% अभिभावकको लगानीबाट पढाउने ब्यवस्थापन लागू गरियोस !

 

(कुनै पनि दर्जा अनुसारको कोटा उल्लेख नगरी)  अध्ययन पछि कम्तीमा २ वर्ष नेपाली सेनामा वा कुनै पनि दुर्गम जिल्लाका गाउँबस्तीहरुमा सर्वसाधारण जनतालाई  अनिवार्य सेवा गर्नुपर्ने नियम बनाेस् !


४. भूपू  तथा बहालवाला सैनिकहरुका आमाबाबु र श्रीमतीलाई जुनसुकै रोगको पनि निशुल्क उपचार गरिनु पर्ने !


५. भूपू  तथा बहालवाला सैनिकहरुलाई सीपमूलक तालिम र पेन्सन निस्केर पनि नेपालमा नै बसेर कुनै पनि ब्यवसायिक प्याकेजका कार्यक्रम अनिवार्य रुपमा लागू गरियोस !

 

(गाई भैंसी बङ्गुर कालिज कुखुरा खेती, पसल, होटल ठाउँ अनुसार गरेको तालिमको आधारमा) हैन भने हामी भूपूलाई कागलाई बेल पाके जस्तै हो सैनिक कल्याणकारी  काेष ।)

-पत्र प्रेषक पूर्व सैनिकहरू, नेपाली सेना 

प्रतिकृया दिनुहोस