• शनिबार-असोज-१५-२०७९

कुटपिट मामलामा गायिका कार्डी दोषी ठहर

लसएन्जल्स । ग्रामी अवार्ड विजेता र्‍यापर कार्डी बीलाई सरकारी वकीलले न्यूयोर्कको एक स्ट्रिप क्लबमा कुटपिट गरेको एक वर्ष पुरानो मुद्दामा बिहीबार दोषी ठहराएको छ । उनले सजाय स्वरुप १५ दिनसम्म सामुदायिक सेवा गर्नु पर्नेछ ।

 

२९ वर्षीया कार्टीले सामुदायिक सेवाको सर्त स्वीकारेकी छन् । किनकी यो मुद्दा अदालतले ट्रायलमा लैजाने तयारी गरिरहेको थियो  । यसमा सजाय पनि हुने सम्भावना थियो ।

 

कार्डी न्यूयोर्ककी हुन् र उनको वास्तविक नाम बेल्कालिस अल्मनसार हो । कार्डी सन् २०१८ अगष्टमा भएको झगडाको दुई मामलामा दोषी ठहरिएकी हुन् । उनीविरुद्धको अन्य १० मामलालाई खारेज गरिएको छ । अदालतले दुई प्रतिवादीलाई दोषी ठहराएको छ ।

 

सरकारी वकिलका अनुसार कार्डीमाथि एन्जिल्स स्ट्रिप क्लबका कर्मचारीमाथि कुटपिटको आरोप छ । बारटेण्डरबाट भएको झगडामा कुर्सी, बोतल र हुक्काको पाइपबाट कर्मचारीलाई कुटपिट गरिएको थियो । जसबाट कर्मचारीमध्ये केहीलाई सामान्य र केहीलाई गम्भीर चोट लागेको थियो ।

 

क्वीन्स डिस्ट्रिकको अटर्नीले काडीलाई दोषी ठहराउँदै कोही पनि कानुनभन्दा माथि नरहेको बताएको थियो । अटर्नीले कार्डीलाई सजायभन्दा पनि सामुदायिक कामका लागि उपयुक्त हुने भन्दै निर्णय सुनाएको हो । यद्यपि, सन् २०१९ मा कार्डीले यस्तै किसिमको सम्झौता अस्वीकार गरेकी थिइन् ।

प्रतिकृया दिनुहोस