• शुक्रबार-बैशाख-७-२०८१

सैनिक अस्पताल मात्रै हाेइन सेनाका अन्य युनिटमा पनि समयमै तलब र क्रिया खर्च समेत पाइँदैन

'मान्छे मरेकाे २ महिना भयाे, तर क्रिया खर्च हालसम्म पाएकाे छैन' !


नेपाली सेनाकाे वीरेन्द्र  सैनिक अस्पताललगायत देशका अन्य सैनिक अस्पतालहरूमा 'सेनाका अस्पतालहरूमा तलब ढिला हुने गरेकाे गुनासाे' शीर्षकमा २०७९ भदाै २९ गते साँघु न्यूज डटकममा समाचार प्रकाशित भएकाे थियाे ।

 

साे समाचार सही भएकाे भन्दै  व्यापक कमेन्ट प्राप्त भएका छन् । अस्पतालमा मात्रै हाेइन नेपाली सेनाका अन्य युनिटहरूमा समेत तलब ढिला दिने गरेकाे पीडितहरूले गुनासाे गरेका छन् ।

 

तलब मात्रै हाेइन काजक्रियामा बस्दा सेनाबाट प्राप्त हुने क्रिया खर्च केन्द्रबाट आएकाे छैन भनेर मानिस मरेकाे  दुई महिना पूरा हुँदा समेत क्रिया खर्च प्राप्त हुन नसकेकाे मर्मस्पर्सी गुनासाे समेत प्राप्त भएकाे छ ।

 

सेनाका सकल दर्जाले नियम अनुसार पाउने क्रिया खर्च  नेपाली सेना जस्ताे संवेदनशील संस्थामा दुई महिनासम्म उपलब्ध नगराउँदा हुने पीडा सेनाका जर्नेल, कर्णेलहरू महसुस गर्न नसक्नु अर्काे दुर्भाग्य हाे ।

 

'सेनाका अस्पतालहरूमा तलब ढिला हुने गरेकाे गुनासाे' समाचारका सम्बन्धमा हामीलाई प्राप्त गुनासाहरू मध्ये केही गुनासाहरू यहाँ सामान्य सम्पादन गरेर यहाँ प्रस्तुत गरेका छाैं । नेपाली सेनाकाे मुख्यालयले यस बारेमा गम्भीर ढंगले खाेजविन र कारवाही गर्ने अपेक्षा गरिन्छ । (साँघु न्यूज डेस्क)

 

१) अस्पतालमा मात्रै हैन नेपाली सेनाका अन्य युनिटहरुमा पनि तलब धेरै ढिलो भएको छ !
Man Bahadur Basnet

२) जतिढिला गर्यो ऊति ब्याज खानपल्केका छन् त्यसकारण तलब ढिला भएकाे  हुनसक्छ ।
Madanbahadur Chhetri

३) नेपाली सेनाकोअस्पतालमा मात्र होइना अधिकांश गण, गुलमा पनि यस्तै गरेर तलब ढिला गर्छन्। अकाउनटेन्टले व्यक्तिगत मुनाफाको
नाममा कयाैं दिन ढिला गरेर तलब  दिने गरेका छन् ।

Shree Tamang

४) सेनामा तलब सबैको त ढिलो हुन्छ त  । सैनिक अस्पतालको मात्रै किन ? को छ आफन्त ?
Jiban Chapai

५) अरूकाे के कुरा, मान्छे मरेकाे  २ महिना भयाे, तर  क्रिया खर्च हालसम्म  केन्द्रबाट आ'काे छैन भन्छ, दिंदैन अनि के भन्ने ?
Madan Budhathoki

६) आफ्नै त  अहिलेसम्म  आ'काे छैन यहाँ । छाेराछाेरीलाई  मागेर खुवाउनु पर्ने भइसक्याे ।  यस पटककाे कुरा ।
Topden Dorje Syangtan

नेपाली सेनाका युनिटहरूले समयमै तलब उपलब्ध नगराउँदा 'छाेराछाेरीलाई  मागेर खुवाउनु पर्ने भइसक्याे ।' भन्ने जस्ता  प्रतिक्रिया प्राप्त भएका छन् । दुई महिदा बित्दा पनि सेनाका युनिटहरूले तलब नखुवाउनु याेभन्दा संवेदनशील र दु:खदायी कुरा नेपाली सेनाका लागि के हाेला ? 

प्रतिकृया दिनुहोस