• मंगलबार-बैशाख-४-२०८१

प्रधानमन्त्रीमा मेरो उम्मेदवारी स्वभाविक हो : नेता पौडेल

चितवन, १५ मङ्सिर (रासस) : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा आफ्नो दाबेदारी स्वभाविक रहेको बताउनु भएको छ ।

 

नेपाल प्रेस युनियन चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा वरिष्ठ नेता पौडेलले कांग्रेसको नेतृत्वमा गठबन्धनको सरकार र त्यसको नेतृत्व आफूले पाउनुपर्ने स्वभाविक माग भएको बताउनुभएको हो ।

 

“गठबन्धनको बहुमत पुगेको छ । गठबन्धनको सरकार बन्छ । दलहरुबीच सल्लाह हुँदैछ ।” उहाँले भन्नुभयो, “म प्रधानमन्त्रीको स्वभाविक उम्मेदवार हो । अहिले प्रधानमन्त्रीको उम्मेदवार मै हो ।” पार्टीभित्र सल्लाह गरेर एउटा मात्र उम्मेदवार बनाइने उहाँले बताउनुभयो । पार्टीभित्र आन्तरिक सल्लाह हुन बाँकी रहको पौडेलको भनाइ छ ।


 
“सबै साथी खुला नै हुनुहुन्छ, सभापति र अरु साथीहरु पनि खुला हुनुहुन्छ । तर अहिलेको परिस्थिति देशले एक पटक नयाँ टेष्ट गर्नुपर्ने मान्छे म मात्र हो ।” उहाँले भन्नुभयो, “पार्टी सभापतिले मेरो प्रस्तावलाई सहजरुपमा नै लिनुभएको छ । सल्लाह गरौला भन्नुभएको छ । सल्लाह हुन्छ ।”


 
टिकट वितरण गर्दा गठबन्धन दलहरुबीच तालमेल नमिलेका कारण निर्वाचनमा कतिपय स्थानमा पराजय भोग्नु परेको उहाँले बताउनुभयो । युवाको जोस र पुरानाको अनुभवलाई मिलाएर देश चलाउने नेता पौडेलले  बताउनुभयो ।


फरक शक्तिको आगमनलाई गम्भीरतापूर्वक लिएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “नयाँ शक्तिको आगमन हाम्रा कमी कमजोरीका कारणले भएको असन्तुष्टिको सन्देश भनेर मैले लिएको छु ।”
–––

 

प्रतिकृया दिनुहोस