• शुक्रबार-बैशाख-१४-२०८१

अन्तिम संस्कारको सेवा उपलब्ध गराउने यो कम्पनी

 

हाम्रो छिमेकी मुलुक भारतको एक कम्पनीले विचित्रको विजनेश स्टार्टअफ सुरुआत गरेको छ । यस सम्बन्धी अहिले सामाजिक सञ्जालमा एउटा विचित्रको तस्बिर भाइरल भइरहेको छ । सुखान्त फ्युनेरल प्रा.लि नामको एउटा कम्पनीले अन्तिम संस्कारको सेवा उपलब्ध गराउने सुरुवात गरेको छ ।

 

यो कम्पनीले अन्तिम संस्कारमा आवश्यक एम्बुलेन्स सेवा, अन्तिम संस्कारका लागि जरुरी सामानको व्यवस्था तथा निधन भएको प्रमाणपत्र बनाउन सहायता प्रदान गर्नेजस्ता विविध मानवीय सेवाहरु उपलब्ध गराउने छ । कम्पनीले ३८ हजार भारतीय रुपैयाँमा अन्तिम संस्कारसँग सम्बन्धित सबै सेवाको जिम्मेवारी लिने गर्दछ । यतिमात्र नभई कम्पनीले अस्तु बिसर्जनमा पनि मद्दत गर्दछ । 

प्रतिकृया दिनुहोस