• शुक्रबार-चैत-१६-२०८०

हाँसोको लहर-गोल्डेन ओकको कमेडी यात्रा

काठमाडाैं । नेपालकै सुप्रसिद्ध तथा लोकप्रिय ब्राण्ड गोल्डेन ओक ब्लेन्डेड माल्टले नेपालीहरुलाई हाँसोको नौलो संगालो दिने क्रममा गोल्डेन ओकको यो कमेडी यात्रा २०७९ श्रावण महिनामा बिर्तामोड, दमक, इटहरी, विराटनगर र धरानमा सफलता पूर्वक सम्पन्न गरेको थियो ।

 

उक्त कमेडी यात्रामा पाएको मायाले गर्दा यो कमेडी यात्रालाई गाइघाटमा २०७९ मंसिर १५ गते, मलंगवामा मंसिर १६ गते, वीरगञ्जमा मंसिर १७ गते, चन्द्रपुरमा मंसिर १८ गते, टाँडीमा मंसिर १९ गते र नारायणगढमा मंसिर २० गते पुरै उत्साहका साथ आयोजित गरिरहेकाे छ ।

 

गोल्डेन ओकद्वारा आयोजित मंसिर १५ गतेबाट सुरू भएको यस कमेडी यात्रामा पनि जितु नेपाल, सुरेन्द्र के.सी., मिलन नेवार, निरज नेपाल, सुमन कार्की र शिव शंकर रिजालले सम्पूर्ण दर्शकहरुका लागि मनोरञ्जन र कमेडीको बिर्सिनै नसक्ने प्रस्तुति प्रस्तुत हेर्न पाइने आयोजकले बताएकाे छ ।


१५ गतेबाट सुरू भएको यस कमेडी यात्रालाई पनि दर्शकहरुले पहिले जस्तै माया गरेर सफल बनाउने छन् भन्ने विश्वास आयोजकले गरेकाे छ  ।

 

 

प्रतिकृया दिनुहोस