• बिहीबार-बैशाख-१३-२०८१

प्रधानमन्त्री ताक्ने गगन रहस्यमय पात्र ! 

 

 काठमाडौं । कांग्रेस महामन्त्री गगनकुमार थापा प्रधानमन्त्रीका लागि संसदीय दलको नेतामा उठ्ने घोषणा गरिसकेका छन् । चुनावको नतिजा आउनु त परकै कुरा मतदाताहरुको घरदैलो कार्यक्रममै नै थापाले आफूलाई प्रधानमन्त्रीका लागि प्रोजेक्सन गरेका थिए । गगनले चुनावको नतिजा आएका दिन पनि त्यही कुरा दोहो¥याए । त्यसपछि उनी कसरी प्रयास गर्दैछन् भन्ने प्रष्ट छैन किनभने उनको समूहबाट जम्माजम्मी २३ जनाले टिकट पाएका थिए । त्यसमध्ये अहिलेसम्म जितेर आउनेमा १७ जनामात्रै भएको बताइएको छ ।

 

अहिलेसम्म जितेका ५४ जनामध्ये १७ जना सांसदबाट उनी कसरी संसदीय दलको नेता बन्लान् भन्ने प्रश्न उठेको छ । त्यो कुरा थाहा पाएर पनि थापाले किन हल्ला गरिरहेका होलान ? हुन त, रामचन्द्र पौडेल, डा. शेखर कोइराला, डा. शशांक कारोइराला, प्रकाश मान सिंहले साथ दिए भने गगनका समूहका १७ जना बाहेक अरु केही थप पनि होलान् । गोप्य मतदान भएको हुनाले केही थपिने र समानुपातिकबाट पनि केही थपिन सक्छन् । जसले गर्दा मत सम्मानजनक आउने सम्भावना छ । तर, थापाको यो प्रयासप्रति त्यही समूहका नेता शेखर कोइरालाहरु चुप बस्लान् ? 


 अहिलेसम्म कोइरालाले संसदीय दलको नेताका लागि प्रतिस्पर्धा गर्ने बताएका छैनन् । तर, कोइरालाहरु गगनलाई छोडेर आफू चुप बस्लान् भनेर अनुमान गर्न सकिदैन । यो सबै गगनले अहिलेका लागि भन्दा पनि अर्को चुनावको तयारीका लागि थापेको ढ्वा¨ भन्ने चर्चा पनि भइरहेको छ । गगन थापाले जब यो कुरा चर्चा गरेर आफ्नो कुरा अगाडि बढाए त्यसपछि उनीमाथि कांग्रेस नेताहरुले पनि निगरानी बढाएका छन् । 


 कांग्रेस स्रोतका अनुसार, चुनावको समयमा गगन थापाले कांग्रेसका केही नेताहरुलाई जानीजानी हराउने भूमिका खेलेको र रवि लामिछाने रास्वपाको घण्टीसँग साझेदारी गरेर गठबन्धनका नेताहरुलाई हराउने भूमिका खेलेको आरोप लाग्न थालेको छ । कांग्रेसभित्र नै यो कुरा उठ्न थालेको छ । थापाले रवि लामिछानेसँग अनौपचारिक सहमति गरेकै कारण उनका क्षेत्रमा लामिछानेको पार्टीको घण्टी उम्मेदवारले उम्मेदवारी फिर्ता लिएर थापालाई समर्थन गरेका थिए । त्यसपछि रवि लामिछानेको र गगन थापाको भूमिगत मालिक एउटै भएको र रवि वास्तविक नेता पनि गगन नै भएको चर्चा कांग्रेसमा हुने गरेको छ । 


अनि, चतुर खेलाडी गगन थापाले आफूनिकटका विश्वासिला नेता, कार्यकर्तालाई  चितवनमा लामिछानेको पक्षमा माहोल बनाउन भूमिका खेलेको आरोप लागेको छ । त्यसमा उनको सचिवालयमा काम गर्ने कर्मचारीकै परिवार पनि संलग्न रहेको आरोप छ । चुनावअघि नै यो कुरा उठेको भएपनि चुनावपछि भने भने अलिक बढी नै उठ्न थालेको छ । उम्मेदवारहरुले नै त्यो कुरा उठाउन थालेको कांग्रेस स्रोतको भनाइ छ । चितवन–२ का कांग्रेस उम्मेदवार उमेश श्रेष्ठले पहिला नै यो कुरा थाहा पाएर पनि चुनावको बेलामा धेरै नबोले पनि चुनाव सकिएपछि यो कुरा प्रधानमन्त्री निवास बालुवाटारसम्म पु¥याएर आरजु राणालाई अबगत गराएको स्रोत बताउछ । 


राष्ट्रिय स्वतन्त्र पार्टीसँग मिलेमतो गरेर थापाले आफ्नै पार्टी र गठबन्धनका उम्मेदवार हराउने भूमिका खेलेको प्रसंग चलेपछि अरु नेताहरुले पनि यो कुरा बोल्न थालेका छन् । काठमाडौंमा माओवादीका उम्मेदवारहरुलाई हराउने भूमिकामा पनि उनी त्यसरी नै लागेको आरोप छ । काठमाडौं–६ मा कांग्रेसका उम्मेदवार भीमसेनदास प्रधानलाई हराउन रा.स्व.पा.का शिशिर खनाललाई सहयोग गरेको चर्चा भइरहेको छ । प्रधान महानगरको मेयरमा उठ्न चाहेका थिए । तर, सिर्जना सिंह उठ्ने भएपछि रोकिएका प्रधान अहिले प्रतिनिधि सभाको उम्मेदवार भए राष्ट्रिय स्वतन्त्र पार्टीका खनालसँग पराजित भए ।


काठमाडौं–६ बाट संंसदमा निर्वाचित खनाल अमेरिकी सहयोगमा सञ्चालन हुने एनजीओ वेसमा काम गर्ने व्यक्ति हुन् । गगन थापा, स्वर्णिम वाग्लेहरुसँग उनको वेभलेन्थ मिल्छ ।  थापाले स्वतन्त्रहरुलाई सहयोग गरिरहेका छन् भन्ने आरोप काठमाडौं महानगरको चुनावको बेलादेखि नै भएको हो । त्यतिबेला गगनले बालेनलाई ६ पटकसम्म भेटघाट गरेको तर आफ्नै पार्टीको उम्मदेवार सिर्जना सिंहसँग २ पटकमात्रै भेटघाट गरेको चर्चा थियो । गगन थापाको फ्यान क्लबमा बालेनको प्रचार भइरहेको थियो ।

 

त्यतिबेला नै यो कुरा उठेको भएपनि खास अगाडि बढेको थिएन । तर, अहिले फेरि लामिछानेसँगको मिलेमतोको कुरा उठेपछि कांग्रेसभित्र एउटा समूहले यसलाई गम्भीरतापूर्वक पार्टीमा कुरा उठाउने तयारी लागेको छ । हुन पनि, चुनावको ठीकअघि वालेनले थापाको क्षेत्रमा पुगेर स्वास्थ्यसम्बन्धी कार्यक्रममा सहभागी भएर थापामाथि उठेको प्रश्नको जवाफ दिने खोजेका थिए । थापाले कपन क्षेत्रमा स्वास्थ्य भवन नबनेको सम्बन्धी प्रश्न उठिरहेका बेलामा वालेन अनुगमनमा गएका थिए । अनि, थापामाथि उठेको प्रश्नको अनौपचारिक सम्बोधन गर्न खोजेको बुझिन्थ्यो ।


 यता, काठमाडौं २ मा पनि थापानिकट नेताहरु ओनसरी घर्तीलाई हराउन र सोविता गौतमलाई जिताउन लागेको आरोप छ । गठबन्धनकी उम्मेदवार ओनसरी घर्तीको पक्षमा भन्दा पनि स्वतन्त्र पार्टीकी गौतमको पक्षमा खुलेर भोट मागेको घटना पनि कांग्रेसभित्र चर्चाको विषय बनेको छ । यता, काठमाडौं ९, काठमाडौं ७ र काठमाडौं ८ मा पनि त्यही कुरा भएको चर्चा भइरहेको छ । ललितपुर ३ मा पनि यो प्रसंग जोडिएको छ  । 


गोविन्द केसीको अनशनलाई सहयोग गर्ने समूहकी डा. तोसिमा कार्कीलाई केसीको उम्मेदवारको रुपमा चर्चा गरिएको थियो । डा. केसीले गगनलाई भोट मागिरहेका थिए । र, थापाले पनि तोसिमालाई जिताउन भूमिका खेलेका थिए । कांग्रेसका मदन अमात्यलगायतका नेताहरु पम्फा भुसालको विरुद्ध लागेका थिए । त्यसो त, सोलुमा  बलबहादुर केसीलाई हराउने भूमिका पनि थापाकै समूह सक्रिय रहेको आरोप छ । 


गगन थापाका मावली खलका एक नेताले प्रदेश सभामा टिकट मागेको तर नपाएकोले उनी केसी हराउन लागेको चर्चा पनि भइरहेको छ । केसी र थापा एकै समूहको भएपनि उनीहरुको कुरा भने मिल्दैन । केसी टिकट पाएदेखि नै कांग्रेसका थापानिकट नेता कार्यकर्ताहरु काठमाडौं बसेर नै केसीले हार्ने बताइरहेका थिए । यी सबै परिघटनापछि कांग्रेसभित्र थापाको विरुद्धमा जनमत बढ्न थालेको छ । (साँघु साप्ताहिक, मंसिर १२)

प्रतिकृया दिनुहोस