• शुक्रबार-चैत-१६-२०८०

काबुलमा विस्फोटः  १ जनाको मृत्यु, २ घाइते

 

काबुल, १६ मङ्सिर ।  अफगानिस्तानका पूर्व प्रधानमन्त्री गुलबुद्दिन हेक्मात्यारसँग सम्बद्ध हिज्ब-ए-इस्लामी पार्टीको कार्यालय नजिकैको मस्जिदमा बम विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् ।

 

"हेक्मतयारलाइ भने  सुरक्षित छन्," टिभी च्यानलले हेक्मत्यारका नजिकका नातेदार ओबेदुल्लाह बहिरलाई उद्धृत गर्दै  उल्लेख गरेको  छ । अर्को अज्ञात स्रोतले उक्त शक्तिशाली विस्फोटमा नेताका एक अंगरक्षकको मृत्यु भएको र दुई जना घाइते भएको टिभी च्यानललाई बताएको छ ।

 

विस्फोटको जिम्मेवारी भने अहिलेसम्म कुनै समूह वा व्यक्तिले लिएको छैन ।
-----
रासस / सिन्ह्वा

प्रतिकृया दिनुहोस