• बिहीबार-बैशाख-१३-२०८१

बेलायतका ७० प्रतिशत पानी उद्योग विदेशी स्वामित्वमा

 

लन्डन, १७ मंसिर । बेलायतमा ७० प्रतिशतभन्दा बढी पानी उद्योग विदेशी लगानी फर्महरू र कर हेभन्समा रहेका व्यवसायहरूको स्वामित्वमा रहेको एक प्रतिवेदनले जनाएको छ । प्रतिवेदनले कम्तीमा ७२ प्रतिशत उद्योग १७ देशका फर्महरूद्वारा नियन्त्रित रहेको खुलासा गरेको छ भने बेलायती फर्महरूको स्वामित्व १० प्रतिशत रहेको छ ।

 

देशको आधारमा अमेरिकी लगानी फर्महरूको कुल बेलायती पानीको लगभग १७ प्रतिशत स्वामित्व छ । गार्जियनका अनुसार क्यानाडा र अष्ट्रेलियाली कम्पनीहरू बेलायतको पानीमा दोस्रो र तेस्रो ठूलो समग्र लगानीकर्ता हुन् ।

 

ढल निकास, चुहावट र पानीको अभावमा पानी उद्योग जिम्मेवार हुन बेलायती राजनीतिज्ञले आह्वान गरिरहेका बेला प्रतिवेदन सार्वजनिक भएको हो ।  कुल ६ वटा खानेपानी कम्पनीहरु गैरकानूनी गतिविधिमा संलग्न रहेको आशंकामा अनुसन्धान भइरहेको छ ।

 

बेलायती सरकारले कम्पनीहरूलाई २५ वर्षमा कच्चा ढल निकासको मात्रालाई तीब्र ओभरफ्लोबाट जलमार्गहरूमा कम गर्न ५६ अर्ब पाउन्ड खर्च गर्न आदेश दिएको थियो । 

 

एजेन्सी

प्रतिकृया दिनुहोस