• शुक्रबार-बैशाख-७-२०८१

राजुको घरमा जुवातास खेलिरहेका १६ जना साँढे चार लाख नगद सहित पक्राउ

 काठमाडौं, काठमाडौं महानगरपालिका-३ बस्ने राजु थापाको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका-३ बस्ने ४१ वर्षीय भुवनलाल श्रेष्ठ समेत १६ जनालाई २०७९ मंसिर १६ गते शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । 

 

विशेष सूचनाको आधारमा प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४ लाख ४३ हजार रूपैयाँ सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएकाे  छ ।

प्रतिकृया दिनुहोस