• शुक्रबार-जेठ-२-२०८२

फिफा विश्वकप फुटबल २०२२ : साविक विजेता फ्रान्स क्वाटरफाइनलमा

 

काठमाडौं, १९ मंसिर । पोल्यान्डलाई ३–१ ले हराउँदै साबिकको विजेता फ्रान्स कतार विश्वकप २०२२ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ । 

आइतबार स्ट्राइकर ओलिभर जिरौउडले सर्वकालिन गोलकर्ताको कीर्तिमान बनाउन सफल भए । उनले थिएरी हेनरीको नाममा रहेको ५१ गोलको कीर्तिमान भंग गरेका थिए । 

 

दोहास्थित अल थुमामा मैदानमा जिरौउडले एक गोल गर्दा युवा स्ट्राइकर केलियन एम्बाप्पेले दुईगोल गरेका थिए । जारी विश्वकपमा उनि सर्वाधिक गोलकर्ता भएका छन् । उनको नाममा पाँच गोल भएको छ । 

 

७५औं मिनेटमा एमबाप्पेले गोल गर्दै फ्रान्सको अग्रता २–० को पारे ।  एमबाप्पेले इन्जुरी समयको पहिलो मिनेटमा फ्रान्सका लागि तेस्रो गोल गरेका थिए । 

पोल्यान्डका रोबर्ट लेवान्डोस्कीले इन्जुरी समयमा पेनाल्टीमा एक गोल फर्काएका थिए । लेवान्डोस्कीले जारी विश्वकपमा दोस्रो गोल हो । यदपि, पोल्यान्ड प्रतियोगिताबाट बाहिरिएको छ ।

 

 

न्युज कारखाना
 

प्रतिकृया दिनुहोस