• मंगलबार-जेठ-१३-२०८२

लोकतान्त्रिक समाजवादी पार्टी सरकारमा सहभागी हुने

 

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी सरकारमा सहभागी हुने भएको छ । यसअघि नै सत्ता गठबन्धनमा रहेकाले निरन्तरता स्वरूप सरकारमा सहभागी हुने नेता केशवकुमार झाले न्युज कारखानालाई बताए । 

 

उनले भने, 'पार्टी बैठकमा शीर्ष नेताहरूबीच सरकारमा सहभागी हुने विषयमा छलफल भएको छ । यसअघि पनि सत्ता गठबन्धनमै रहेकाले कुनै नयाँ निर्णय गर्न जरुरी छैन ।' नेता  झाका अनुसार संविधान संशोधन लगायतका मुद्दा कायम छन् ।

 

उनले निर्वाचन अघिकै निर्णयको निरन्तरता भएकाले सरकारमा सहभागी हुन कुनै फरक माग भने नरहेको उनले जानकारी दिए । 

प्रतिकृया दिनुहोस