• शनिबार-बैशाख-८-२०८१

कमरेड सुदर्शनलाई खुला पत्र : तपाईंको क्रान्तिकारिता " हात्तीको देखाउने दाँत " मात्रै हो ?

क्रान्तिकारी कमरेड सुदर्शन

       कमरेड अभिवादन !
     
           कमरेड तपाईंले आफूलाई ठूलो क्रान्तिकारी भएको रटान दिंदै हिड्नु भएकोले मैले तपाईंसंग पत्र मार्फत् केही जिज्ञासा राख्ने कोसिस गरेको छु ।


         तपाईंले कमरेड विप्लवलाई सारसंग्रहवादी , अर्थवादी , आत्मसमर्पणवादी आदि आदि भएको आरोप लगाउँदै आफूलाई कडो क्रान्तिकारी , नैतिकवान , चरित्रवान भएको देखाउन न्वारानदेखिको बल लगाउनु भएको छ । यसैले पनि मैले तपाईंसंग पत्र मार्फत् सत्य तथ्य बुझ्ने जमर्को गरेको छु ।


    यहाँ मैले लामो फेरिस्ता प्रस्तुत गर्न चाहेको छैन । छोटो छोटोेमा जिज्ञासा राख्न चाहेको छु । तपाईंले कमरेड विप्लवलाई संसदवादी , सारसंग्रहवादीको आरोप लगाउनु भएको छ दर्शन आफूले मात्रै बुझेको छु , अरु सबै.… हुन् भन्ने आभाष दिनुभएको छ । तपाईंले आरोपका बारेमा त  कमरेड विप्लवले तपाईंलाई  जवाफ दिइसक्नु भएको छ  ।


    सारमा नेकपा पार्टीभित्र तपाईं नै सबैभन्दा सारसंग्रहवादी , चरम अवसरवादी भ्रष्ट , नैतिकपतन , साँस्कृतिक विचलनवादी , पदलोलुपवादी हुनुहुन्थ्यो । तपाईंले आफूलाई बडो चरित्रवान, नैतिकवान, साँस्कृतिककर्मी, क्रान्तिकारी देखाउन खोज्नु भएको छ । यो कुरा सुन्दा र देख्दा सबै क्रान्तिकारीहरु लाजले भुतुक्कै हुन्छन् ।

 

तपाईंले भ्रष्टाचार गरेको रु ५० लाख तुरुन्त पार्टीभित्र बुझाउने ताकेता गरेपछि आफूलाई भ्रष्टाचार जस्तो जघन्य अपराधबाट जोगिनका लागि गर्नुभएको कुरा कसले बुझेको छैन र  ? तपाईं जस्तो आफूलाई मार्क्स पछि दार्शनिक ठान्नेले दिउँसै रात पार्ने कोसिस गर्नु हुन्छ ?  

 

तपाईंले तत्कालीन नेकपा ( माओवादी केन्द्रको पोलिटव्यूरो सदस्य रहेकै अवस्थामा )  जेठी  श्रीमती सुष्मा ओली (खड्का ) विरुद्ध जाजरकोटकी आफ्नै छोरीहरु सरहकी उमेरकी अम्विका चन्दसंग वर्षौंसम्म अनैतिक सम्बन्ध गरेर २०७३ साल साउन १ गते दाङ जिल्लाको घोराही जिल्ला अस्पतालमा छोरी जन्माए पछि प्रचण्डले दुधमा परेको झिङ्गा टिपेर पार्टीको सबैतहबाट टिपेर फालेपछि तपाईं रन्थनिएर आफूलाई चोख्याउनु र अझै क्रान्तिकारी भएको देखाउनका लागि डा. ऋषिराज वरालले चलाई रहेको न्यूक्लस नेपालमा हाम्फाल्नु भएको सबैले देखेकै हो ।


  त्यहाँ पनि तपाईं सुरक्षित हुन सकेपछि अझै आफूलाई चोख्याउने र क्रान्तिकारी देखाउनका निम्ति क्रान्तिकारी नेता कमरेड विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी भित्र छिर्न सफल हुनु भयो र पहिले प्रचण्डलाई चाकडी गरेको , उनलाई देवत्वकरण गरेकै शैलीमा कमरेड विप्लवलाई बडो जोडले चाकडी गरेर, उहाँलाई प्रचण्डलाई जस्तै देवत्वकरण गरेर नेतृत्व हत्याउने कोसिस गर्नुभएको कतै छिपेको छैन र अहिले पनि रातो खबर पत्रिका र अन्य पत्रपत्रिका बरखरार पढ्न पाइन्छ । त्यति गरेर पनि तपाईंले नेतृत्व हत्याउन नपाएपछि कमरेड विप्लवको खोइरो खन्न थाल्नु भएको सबैले देखेका छन् ।


     तपाईंले कमरेड विप्लवलाई संसदवादी भएको आरोप लगाउँदै आउनु भएको छ, तर प्रचण्डले तपाईंलाई एक पटक पनि सभाषद नबनाएपछि बल्ल तपाईं प्रचण्डको विरुद्धमा उत्रिएको सबैले देखेकै हुन्, बुझेकै हुन् , तपाईंले आफूलाई एक पटक त्यतातिर फर्केर हेर्नेसम्म पनि गर्नु भएको छैन  तर बडो क्रान्तिकारी देखाउनु कति हास्यास्पद छ । बरु कमरेड विप्लवले र अन्य क्रान्तिकारीहरुले प्रचण्डको संसदवादको दलदलमा डुप्न पुगेपछि २०६९ सालमा किरणको नेतृत्वमा एमाओवादीबाट विद्रोह गरेर नेपाल कम्युनिस्ट पार्टी - माओवादी पार्टी गठन गर्न महत्त्वपूर्ण भूमिका खेल्नु भएको थियो ।

 

त्यतिबेला तपाईं त किरण र विप्लव लगायतका क्रान्तिकारी योध्दाहरुलाई फुटसवाको आरोप लगाएर प्रचण्ड - बावुराम जस्ता संसदवादी फोहरीहरुको चाकडी गर्ने, देवत्वकरण गरेर सभाषद पद प्राप्तिको र्याल काड्दै हिड्नु भएको भुल्नु भएको छैन होला ।


   तपाईंले स्थानीय निर्वाचनमा विप्लवहरुले भाग लिन थाले भनेर पार्टी भित्र विवाद देखाउनु भयो, तपाईंको त्यसप्रतिको विचार पनि हुनसक्छ तर क्रान्तिकारीहरुका निर्वाचनको उपयोग गर्ने र बहिष्कार गर्ने विषय त कार्यनीतिक विषय हो , तपाईंले त्यसैलाई आधार बनाएर पार्टीभित्र जुन तोडफोड गर्नु भयो त्यो पार्टीले तपाईंले भ्रष्टाचार गरेको रु ५० लाख तुरुन्त पार्टीभित्र बुझाउने ताकेता गरेपछि आफूलाई भ्रष्टाचार जस्तो जघन्य अपराधबाट जोगिनका लागि गर्नुभएको कुरा कसले बुझेको छैन र  ? तपाईं जस्तो आफूलाई मार्क्स पछि दार्शनिक ठान्नेले दिउँसै रात पार्ने कोसिस गर्नु हुन्छ ?  यी सबै कुरा तपाईंले आफ्ना अपराधहरु लुकाउन र बाहिर क्रान्तिकारी देखाउन गरेको चालबाजीलाई कसले बुझेका छैनन् र !


     तपाईले पार्टीको ५० लाख मात्र होइन करोडौंको भ्रष्टाचार गर्नुभएको दुनियाँलाई थाहा भएको कुरा हो, यस्तो नग्न भ्रष्ट पनि कसरी क्रान्तिकारी हुनसक्छ ? तपाईंले आफ्नो भ्रष्टाचारलाई ढाकछोप गर्ने मनसायले कमरेड विप्लवलाई समेत भ्रष्ट भएको बक्वास गर्दै आएको कतै लुकेको छैन ।


    तपाईंले पार्टीको पैसाले कपिलवस्तुमा निजी घर बनाएको छ भन्दै आउनु भएको छ , यो पनि तपाईंले रुकुमका शहीदहरुलाई सरकारले दिएको राहतलाई शहीद परिवारलाई नदिएर दाङ जिल्लाको घोराही बजारमा अढाई तलाको घर बनाएको कालो कर्तुतलाई ढाकछोप गर्न विप्लवलाई भ्रष्टाचारको आरोप लगाउँदै आएको घाम जत्तिकै छर्लङ्ग छ । यसको तपाईंसंग के उत्तर छ ? दुनियाँलाई जवाफ दिने आँट गर्नु होला ।


     तपाईंले प्रचण्डको चाकडी गरेर , ऋषिराज वरालको चाकडी गरेर , विप्लवको चाकडी गरेर नेतृत्व हत्याउने षड्यन्त्रमा फेल भए पछि अहिले तपाईं त्यही पुरानै शैली र प्रवृत्तिमा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य किरणको चाकडीमा लाग्नु भएको छ र " कमरेड किरण वर्तमान युगको सबैभन्दा ठूलो दार्शनिक " भन्दै हुनुहुन्छ । अझ बाहिर बाहिर सुनिन्छ , तपाईंले क्रान्तिकारी माओवादी भित्र ठूलै पद हत्याउनका लागि ठूलो कसरत गर्दै हुनु भएकोले पार्टी एकता ढिलो हुन पुगेको छ रे ।


    मोहन वैद्य किरणहरुले त सशस्त्र जनविद्रोहको कार्यदिशा बनाएका छन्  तर तपाईंहरु संसदीय निर्वाचन बहिष्कार भन्ने शब्द प्रयोग गरेमा सरकारले दमन गर्छ भने निर्वाचन अवज्ञा गर्ने भन्दै हिंडेको होइन र !


    तपाईंले आफूलाई ठूलो मार्क्सवादी दार्शनिक देखाउने कोसिस गर्दै आउनु भएको छ र " विश्व दृष्टिकोणमा रुपान्तरण " नामक पुस्तक पनि लेख्नुभएको छ । तपाईंलाई यस प्रकारको प्रचार गर्ने लाज लाग्दैन । जेठी  श्रीमती सुष्मा ओली खड्कालाई वेपत्ता पारेर अझै जेलबाट अम्विका चन्दलाई " जेनी मार्क्स " भन्दै चिठी लेख्न पनि लाज मान्नु भएन जेनी मार्क्सको समेत तपाईंले बेइज्जत गर्ने कोसिस गर्नु भएको छ ।

 

तपाईं जस्तोले मार्क्सवादी दर्शनका कुरा गर्ने  , आफूलाई ठूलो मार्क्सवादी दार्शनिक देखाउने र जुन खाँटी क्रान्तिकारी कुरा त गर्नु हुन्छ  तर तपाईंले २०५४ सालमा रुकुमकै एउटा गाउँकी पार्टी कै साथी रोजगारीका लागि विदेशमा गएको मौका छोपेर उनकी श्रीमतीसित अवैध यौन सम्बन्ध गरेर अवैध छोरा जन्मेपछि पार्टीले साँस्कृतिक विचलन गरेको भनि कार्वाही गरेर भारततिर लखेटेको विषय माओवादी पंक्ति भित्र ताजै छ । यस्तो अनैतिक व्यक्तिले अझै क्रान्तिकारी गफ लगाउन र नेपाली समाजलाई धमिल्याउन तपाईंलाई लाज लाग्दैन ।


   अन्त्यमा यी माथि उल्लेख गरे भन्दै हजार अनैतिक र अमार्क्सवादी गल्ती गरेर पनि आफ्ना सबै गल्तीहरुलाई लुकाउन र चोखिनका निम्ति फेरि तपाईं वैद्यले नेतृत्व गरेको क्रान्तिकारी माओवादी भित्र छिर्ने कोसिस गरेको देखिन्छ ।

 

यी सबै अपराधहरुबाट मुक्त नभएसम्म तपाईंको क्रान्तिकारिता " हात्तीको देखाउने दाँत " मात्रै हो  । बाँकी तपाईंको जवाफको पर्खाइमा रहने छु, अहिलेलाई यत्ति नै ।
क्रान्तिकारी अभिवादनसहित
शैलेन्द्र बस्नेत , हाल काठमाडौं

 

प्रतिकृया दिनुहोस