• शुक्रबार-चैत-१६-२०८०

मकवानपुर गोल्डकप माघ २९ गतेदेखि

 

काठमाडौं । माघ २९ गतेदेखि पाँचौ स्थानीय तह सहिद स्मृति अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता मकवानपुर गोल्डकप सुरु हुने भएको छ ।

 

मकवानपुर जिल्ला फुटबल संघ हेटौंडाको आयोजनामा प्रतियोगिता हुने भएको हो । प्रतियोगितामा दुई वटा विदेशी क्लबसहित १२ क्लबको सहभागिता रहने आज हेटौंडामा आयोजित पत्रकार सम्मेलनमा आयोजकले जनाएको छ ।

 

प्रतियोगिता पिप्ले क्याम्पा रङ्गशाला हेटौंडामा हुनेछ । फुटबल प्रतियोगितामा प्रथम हुनेलाई १५ लाख रुपैंया र द्वितीय हुनेलाई १० लाख रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टिका लामाले जानकारी दिए । 

 

यसैगरी सर्वोत्कृष्ट खेलाडीलाई ५० हजार रुपैयाँ, विधागत उत्कृष्ट खेलाडीलाई २५ हजार र म्यान अफ दि म्याचलाई १० हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ ।

 

प्रतियोगितामा मनाङ्ग मर्स्याङदी, थ्री स्टार, त्रिभुवन आर्मी, हिमालयन शेर्पा, सातदोबाटो युवा, नेपाल पुलिस, एपीएफ, एनआरटी, मच्छिन्द्र, जावलाखेल युथ, एभिनिर एफसी क्यामरुन,आयोजक मकवानपुरले सहभागिता जनाउने सम्भावना रहेको आयोजकले जनाएको छ ।

प्रतिकृया दिनुहोस