• शुक्रबार-बैशाख-७-२०८१

बागमती प्रदेशको मन्त्रिपरिषद् विस्तार भोलि हुने

 

काठमाडौं, १० माघ । बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार भोलि हुने भएको छ । मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले बुधबार नयाँ मन्त्री नियुक्त गर्ने भएका छन् । मन्त्रिपरिषद्ले पूर्णता दिने वा नदिने बारे टुंगिएको छैन ।

 

मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा भोलि २ बजे नयाँ मन्त्रीहरूको शपथ ग्रहण गर्नेबारे सहमति भएको छ । मन्त्री बन्ने आकांक्षीहरूको संख्या धेरै भएकाले सरकारमा रहेका नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राप्रपालाई मन्त्री छान्न सकस परेको छ । 

 

नेकपा एमालेले ५ वटा, माओवादीले ४ वटा, राप्रपाले ३ वटा, नेकपा एकीकृत समाजवादीले २ वटा र हाम्रो नेपाली पार्टीले १ वटा मन्त्रालय मागेका छन् । तर, मन्त्रिपरिषद् बैठकले ११ वटा मन्त्रालय राख्ने स्वीकृत गरेसँगै भागवण्डामा तलमाथि हुनेछ ।

 

न्यूज कारखाना

प्रतिकृया दिनुहोस