🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

अमेरिकी डलरको भाउ बढ्यो, यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौ, ११ माघ । बुधबार अमेरिकी डलरको भाउ बढेको छ। नेपाल राष्ट्र बैंकका अनुसार आज डलर एकको खरिददर १३० रुपैयाँ ४६ पैसा र बिक्रीदर १३१ रुपैयाँ ६ पैसा कायम गरिएको छ। अघिल्लो दिनको तुलनामा यसको मूल्य ५३ पैसा बढेको हो । यसअघि मंगलबार अमेरिकी डलर एकको खरिददर १२९ रुपैयाँ ९३ पैसा र बिक्रीदर १३० रुपैयाँ ५३ पैसा थियो ।

त्यस्तै, आज युरोपियन युरो एकको खरिदमा भने १४१ रुपैयाँ ७२ पैसा र बिक्रीमा १४२ रुपैयाँ ३७ पैसा पाइन्छ। बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६० रुपैयाँ ७९ पैसा र बिक्रीदर १६१ रुपैयाँ ५२ पैसा तोकिएको छ। 

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ९१ रुपैयाँ ५६ पैसा र बिक्रीमा ९१ रुपैयाँ ९८ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९७ रुपैयाँ ५५ पैसा र बिक्रीमा ९८ रुपैयाँ कायम रहेको छ।

यस्तै, कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ७० पैसा र बिक्रीमा ३५ रुपैयाँ ८७ पैसामा कारोबार भइरहेको छ । राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३४ रुपैयाँ ६० पैसा र बिक्रीदर ३४ रुपैयाँ ७६ पैसा तोकेको छ।

युएई दिराम एकको खरिददर ३५ रुपैयाँ ५२ पैसा र बिक्रीमा ३५ रुपैयाँ ६८ पैसा तोकीएको छ । मलेसियन रिंगिट एकको खरिदमा बुधबार ३० रुपैयाँ ४४ पैसा र बिक्रीमा ३० रुपैयाँ ५८ पैसा पाइन्छ।

बुधबार कुवेती दिनार एकको खरिदमा ४२७ रुपैयाँ ३२ पैसा र बिक्रीमा ४२९ रुपैयाँ २८ पैसामा कारोबार भैरहेको छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३४६ रुपैयाँ ५ पैसा र बिक्रीदर ३४७ रुपैयाँ ६४ पैसा तोकिएको राष्ट्र बैंकको विवरणमा उल्लेख गरीएको छ।

न्यूज कारखाना