• शुक्रबार-चैत-१६-२०८०

आत्मदाह गरेका प्रेम प्रसाद आचार्यकी श्रीमती नानुकाे खातामा एक हप्तामै दुई कराेड चाैतिस लाख जम्मा

   नेपाली उद्यमी,  ब्यवसायी ३६ वर्षीय युवा प्रसाद  प्रेम आचार्य सन्ताेषले ऋणकाे भारी थाम्न नसकेर, ठूला व्यववसायी र उद्याेगीले दिएकाे यातना सहन नसकेर, रू. ६० लाखको अभावमा २०७९ माघ १० गते नयाँ वानेश्व संसद भवन अगाडि शरीरमा पेट्राेल खन्याएर आत्मदाहकाे प्रयास गरेका थिए । काठमाडाैंकाे कीर्तिपुरस्थि बर्न अस्पताल उपचारकाे क्रममा २०७९ माघ ११ गते उनकाे निधन भएकाे थियाे ।


उनकाे निधन भएकाे एक हप्तामै स्वदेश तथा विदेशमा रहेका मनकारी जनहरूबाट आत्मदाह गरेका प्रेम प्रसाद आचार्यको श्रीमती नानुका आचार्यको खातामा सहयोगीहरुबाट हाल सम्म २,३४,७९,४३४ रुपैया जम्मा भएकाे कुरा सामाजिक सञ्जालमा भाइरल हुन गएकाे छ ।

 

''खर्च देखाउन आफूले, श्रीमतीले तलब खाको देखाउदा १% TDS तिर्नुपर्ने फेरि वार्षिक ४ लाख ५० हजार नाघेमा करको दर बढ्ने। महिनैपिच्छे १० लाख कारोबार भएमा १३% VAT अर्थात १ लाख ३० हजार महिनाकै सरकारलाइ बुझाउनु पर्ने, त्यो बिलम्ब भएमा २५% ब्याज तिर्नुपर्ने। वर्षमा एक पटक कम्पनी रजिस्ट्रारमा, घरेलुमा, नगरपालिकामा कम्पनी renew शुल्क बुझाउनु पर्ने, तेहेरो कर। अनि वार्षिक अडिट शुल्क आदि। कसरी थाम्छ एउटा गाउँमा रहेको कम्पनीले यी सबै शुल्क र भार ?''

 

प्रेम प्रसाद आचार्य आत्मदाह गर्नु अघि सन् २०२३ जनवरी २४ मा फेसबुक पेजमा लामाे स्टाटस लेख्दै व्यवसायकाे क्रममा आफूले भाेगेका यातनाकाे विवरण सार्वजनिक गरेका थिए ।


  आचार्यले स्टाटसकाे सुरूमा लेखेका थिए- ''म एक आम युवा, आम उद्यमी, आम ब्यवसायी, प्रेम प्रसाद आचार्य सन्तोष  (जन्म २०४३ भाद्र १, बतन सुर्योदय (फिक्कल)-११, केराबारी, इलाम, प्रदेश १) रङ्गिन सपनाहरु बुनेर, परिवार, समाज र देशप्रतिको जिम्मेवारी बहन गर्दै अगाडि बढिरहेको थिएँ। आज छत्तिसौ वसन्त पार गरि सक्दा पनि गरिएका कर्मबाट केही उपलब्धि हासिल गर्न नसकेको तितो सत्यलाइ ओकल्दै मैले यो देशमा पढ्दा, जागिर खादा, ब्यपार गर्दा, वैदेशिक रोजगारमा जाँदा एवम् उद्योग चलाउदा भोग्नु परेका समस्या र ती समस्याहरुबाट पाएको शून्य उपलब्धि आज सर्सरती यो सामाजिक सन्जालमा लेख्ने अनुमति चाहान्छु। यो एक आत्मबृतान्त पनि हो र मेरो असफलताको कथा पनि हो।''

 

 प्रेम आचार्यले आत्मदाहको प्रयास अघि भाटभटेनी, BIG MART, पतञ्जलि, डाबर नेपाल, युनिलिभरकाे लुटतन्त्रकाे भण्डाफाेर गर्दै जीवन त्यागेका थिए । (प्रस्तुत उने पाेष्ट गरेकाे लामाे स्टाटसमा उल्लेख भएकाे एउटा व्यवसायीकाे वेदना र व्यथाकाे एक भाग ।)

 

 प्रेम आचार्यले आत्मदाहको प्रयास अघि भाटभटेनी, BIG MART, पतञ्जलि, डाबर नेपाल, युनिलिभरकाे लुटतन्त्रकाे भण्डाफाेर गर्दै जीवन त्यागे


''म विद्यार्थी कालमै रहँदा २०६७ मा ब्रेन ट्युमर भएर बुवा बित्नुभयो। बुवा विरामी हुँदै गरेको अवस्थामा नै मेरो विवाह भयो र बुवाको मृत्यु पश्चात म काठमाडौंमा श्रीमतीसँगै रहेर विभिन्न प्राइभेट स्कुल एवम् ठमेलका ट्राभल एजेन्सीमा काम गरेर गुजारा गर्न थालें । त्यस बेला हाम्री ठुली छोरीको जन्म भैसकेको थियो। पैतृक सम्पत्तिबाट पाएको इलाम फिक्कल बजारको घरलाइ बेचेर काठमाडौंमा नै घर बनाउने प्रयत्न गरियो र त्यै अनुसार भयो । बुढानीलकण्ठमा घर बनाइयो र ठमेलमा ट्राभल एजेन्सी खोली काम गर्न थालियो । राम्रो चल्यो ट्राभल सुरुमा तर विस्तारै उधारो बजारले गाँज्न थाल्यो।''

 
''चिनियाँ नागरिक, गोराहरु र काठमाडौकै +2 कलेजहरु हाम्रा ग्राहक भए । चिनियाँ पर्यटकहरुले कहिले कबोल गरेको पैसा नदिने, trekking लादा बिच बाटोमा पुगेपछि यहाँ यति उकालो छ भनेको थिइनस्, यहाँ चिनियाँ खाना पाइँदैन भनेको थिइनस् आदि इत्यादि भन्दै निहुँ खोज्ने अनि पूरा पैसा कहिले नदिने। चिनियाँ पर्यटक छोडेर +2 का विद्यार्थीलाई आफ्नै जन्म जिल्ला इलाम लान थलियो Darjeeling र Sikkim समेत गरेर।''

 

''इलाममा Tea Tourism को अवधारणा ल्याउने म र मेरा साथी युवराज गौतम हुन भन्दा फरक नपर्ला। तर, काठमाडौका +2 कलेज कहिले पूरा पैसा नदिने। ४-५ लाखको व्यापार (tour package) लानुपर्ने हुँदा ३ लाख जति advance दिने, तेत्रो advance पाएपछि व्यापार नगर्ने कुरै भएन, तत्पश्चात बाटो देखि नै निहुँ खोज्न थाल्ने, tour नै तिक्ततापूर्ण हुने। बाटोमा सबै भन्दा धेरै complain खानामा आउने। ए हजुर हाम्रो देशमा बाटोमा खाना खराब छ, यो देशका सरकारले त्यस्तै खा भन्छ, कहिले सुधार हुँदैन म के गरौं ।''


''अनि काठमाडौं आएपछि को कथा उही। कलेजमा बाँकी पैसा लिन जाँदा अनेक बाहाना बनाउने, घरी exam time मा आउनुहोस् fee उठ्छ अनि दिन्छौं, घरी admission time मा आउनुहोस् दिन्छौं भन्ने तर पैसा नदिने। kathford college बालकुमारीले दादागिरि शैलीमै १,७५,०००/- दिएन, saan international college  नक्सालले रू.९०,०००/- दिएन। यी त एक मुष्ट हुन खुद्रा खुद्री कति दिएनन् दिएनन्। ठमेलमा office भाडा दिनुपरिहाल्यो, कर्मचारिलाई  तलब दिनुपरिहाल्यो अनि सुरु भयो ऋणको सिलसिला।''


  '' यो देश उधारो बजारले सबैभन्दा धेरै बिग्रेको रहेछ भन्ने त्यहीँबाट थाहा भयो । बजारमा जताततै लुटेरा मात्र रहेछन् । ट्राभल चलाउने क्रममा १-२ जना गोरा हरुलाई  pokhara, ghandruk, kathmandu valley, nagarkot आदि गन्तब्यमा लानु पर्ने हुँदा भाडाका गाडी लानुपर्ने, महँगो पर्ने भएकाले आफ्नै गाडी किनौ भन्ने लागेर suzuki ertiga गाडी लिने जमर्को गरियो। nic asia बैंक ले finance गर्दिने भयो। ६ लाख downpayment गरेर अरु किस्ता तिर्ने गरि गाडी निकालियो।''

 

''downpayment मध्ये ४ लाख जम्मा गरियो २ लाख showroom ले भनेको समयमा दिन सकिएन, २ महिना समय मागे दिएन अनि गाडी फिर्ता लग्यो। suzuki showroom थापाथलीले मेरो ४ लाख खायो फिर्ता दिएन । यहाँ नहुनेलाई र केही गर्न खोज्नेलाई नै लुट्दा रहेछन् । हुँदा हुँदा ट्राभल्सबाट यति घाटा हुन थल्यो कि थाम्नै सकिएन। गोरा आउनै छाडे, चिनियाँ पर्यटक पैसै नदिने, +2 कलेजहरु पनि पैसै नदिने, भारतीय पर्यटकहरु खर्च नै नगर्ने फाइदै नहुने। ट्राभल बेचेर विदेश जाने जमर्को गरियो। त्यसबेलासम्म काठमाडौंको घर, जग्गा सम्पत्ति सबै सकियो र उल्टो ऋण लाग्यो।''


''विदेश जाने भनी जमर्को गर्दा झण्डै १ वर्ष लाग्यो र त्यो समय पनि ऋण मै परिवार चलाइयो। जसोतसो बाहिर गैयो कतार। office assistant मा अन्तर्बार्ता पास गरेर गएको, आफ्नै दक्षता ले ६ महिनामै sales and marketing manager भैयो। ५,०००/- कतारी रियाल तलब थियो, खाने बस्ने गाडी ईन्टरनेट सबै कम्पनीले दिने के चाहियो अरु ? सन् 2014 देखि 2017 सम्म कतार बसि सबै ऋण तिरी थोरै पैसा बचाएर देश फर्किएँ।''  


''श्रीमती र आफन्तको सल्लाह र आफ्नै इच्छा बमोजिम जन्म थलो इलाम घर गएर Suryodaya Agro Industries & Farm House Pvt. Ltd. - ilam agro mart नामक उद्योग खोलियो, सुर्योदय-११, केराबारी, इलाममा। गल्ती यही गरिएछ। मैले सोचे पैसालाइ जग्गामा freeze गर्ने होइन चलायमान बनाउने, उद्योग खोल्ने, पैसा कमाउने र सबैको उदाहरण बन्ने। बचेको पैसाले जग्गा किनेको भए यतिखेर ५ डबल हुने थिएछ।''


''मैले कतार बस्दा इज्राएल, अस्ट्रेलिया, नर्वे, आदि देशबाट आएको ताजा फलफूल, तरकारी, मासु, एवम् विविध धेरै खाएँ, देखें । हाम्रो देशमा पनि यस्तै गरि सुरक्षित packing गरेर मौलिक खानेकुराहरु बजारमा बेच्न सकिएला भन्ने आँट आएर त्यही गर्न थालियो । इलाम घ्यू, इलाम गुन्द्रुक, इलाम अकबरे अचार, तामाको अचार आदि products बनाइ बेच्न थालियो। सुरुमा गाडी भाडामा लिएर झापाको बिर्तामोड, दमक, इटहरी, धरान, बिराट्नगर सम्म साना ठुला किराना पसलदेखि गोरखा डिपार्टमेन्ट, बराहा डिपार्टमेन्ट, किनमेल डिपार्टमेन्ट, सतासी डिपार्टमेन्ट, NMC सहकारी पसल जस्ता ठुला मार्ट सबैलाई सामान बेचियो। यति हत्तु भैयो कि पैसा कहिले समयमा पाइएन बजारबाट।''


''सबैलाई उधारोमा सामान बेच्नुपर्ने। र, पनि हाम फाली हालियो फुत्कन सकिएन नाफा त के झन ऋण बढ्न थाल्यो उधारो बजारले। कच्चा पदार्थ, factory operation cost, tax, labor/staff salary आदि सबै नगदमा किन्नुपर्ने/खर्च गर्नुपर्ने तर बजारलाइ उधारोमा सामान दिनुपर्ने त्यो पनि बाह्र बखडा लगाएर। जम्मै ३०-३५% नाफा देखिने कागजमा तर बजारमा सामान फस्ने हुँदा, ६ महिनामा मात्र बल्ल तल्ल पैसा उठ्ने, केही % bad debts हुने। यता factory, raw materials, wages & salary नगदमा खर्च गर्नुपर्दा, र बैंकले पनि ऋण बन्द गरेको कारणले ब्यक्तिगत ऋण ३६% सम्म ब्याज तिरियो। अनि नाफा सक्किवरी उल्टो घाटा हुने। घाट पूर्ति गर्न लागेको ऋण र ब्याज तिर्दा तिर्दा डबल-तेब्बर घाटा हुने। एउटा ऋणको ब्याज तिर्न अर्को ऋण लाग्ने।अनि केही पसलहरुले सामान बेच्न नसक्ने अनि अन्त्यमा expire भयो सामान भन्दै फिर्ता दिने।''


''पसलले/retailors हरुले केही risk नै नलिने। आफूले नगद लगानी गरेको products बजारमा उधारो बेच्दा त्यो लगानीको ब्याज, र त्यो ब्याज तिर्न नयाँ ऋण, अनि नयाँ पुरानो ऋण/ब्याज तिर्न फेरि नयाँ ऋण। घर खर्च चलाउनै पर्यो, नानीहरुको शिक्षा र लालन पोसण गर्नै पर्यो। अनि सकिँदैन त सबै सम्पत्ति ? त्यो काम फट्ट छोडौ के गर्नु अन्य ?  लगानी फसेको छ, नछोडै पार लाग्ने उपाय नै छैन। फेरि हाम्रो समाज यति अर्काको चासो गर्ने कि नयाँ काम थाल्दा उ फेरि गरिराखेको काम छोड्यो, यो मान्छे थिर छैन, काम फेरेको फेरै गर्छ यसले केही गर्दैन जीवनमा आदि इत्यादि भनी जता गए पनि लाञ्छना र उपदेश सुनिरहनु पर्ने।''


''+सयौं पटक आत्महत्या गर्ने प्रयास गरें सकिन। आफैले चलाएको गाडी दुर्घटना गराउने प्रयास गरें भएन। श्रीमती छोराछोरीको मायाँ र कर्तब्यले मर्न सकिन। फोन कल यति सामना गरेंकि phonophobia नै भयो। कहिलेकाही फोन नेटवर्क नआउने ठाउँमा पुग्दा मन आनन्दित हुने। २-३ बर्ष देखि नै depression मा थिएँ कसैले बुझेन। म depression मा छु भन्दा उल्टै गाली खाइयो। लड्दै पड्दै बाँचियो।''


  ''scattered retailing ले पार नलाग्ने देखिएर dealership मा जाने निर्णय गरियो। फेरि सरकारले यति सास्ती दिन थाल्यो कि, सामान लिएर धरान विराटनगर जान नपाइने भैयो। factory ले direct retailing गर्न नपाइने रे ! अनि vcts system रे। अडिट वा कतैपनि record मा नाआउने vcts के लागू गरिराखेको ? बाटोमा प्रहरीलाइ घुस उठाउने मेलो मात्र। यदि vcts छैन भने ५,०००/- सम्म तिरेको छु प्रहरिलाइ। इलामको सब्जी काठमाडौ बेच्न लिएर आउदा पनि vcts रे !'' ''अनि बाटोमा चेकिङमा बसेका प्रहरीलाई  सब्जी बाँड्दै आउनुपर्ने नदिए आफैं गाडीमा चढेर झिक्ने । कति लुट्छौं हो ? जताततै लुट्ने मात्र । भाडाका गाडीले पनि लुट्ने, प्रहरीले पनि लुट्ने, सरकारले पनि करको नाममा लुट्ने, बजारका retailer ले पनि लुट्ने। अनि जग्गा जमिन नबेचेर के गर्नु त ?''


 ''कृषि जन्य बस्तुको कारोबार गरेको हुनाले प्रदेश १ सरकार कृषि तथा भूमि ब्यवस्था मन्त्रालयले खुलाउने अनुदान कार्यक्रम ४ पटक अनुदान पाउँ भनी निवेदन दिइयो, shortlist मा परिन्थियो नै। अनुगमन गर्न आउँदा तपाइको सोच राम्रो रहेछ, काम पनि राम्रो रहेछ, यस्तो मौलिक बस्तुको बजारीकरण गरिरहनुभएको रहेछ, पक्का पाउनुहुन्छ अनुदान भन्ने अनि result आउने बेला कहिले मेरो कम्पनीको नाम नहुने।''

 

''म इलाम सुर्योदय नगरपालिका -११ बासी मेरो factory पनि त्यहीँ । मेरा वडाका तत्कालीन वडा अध्यक्ष टेक बाहादुर राईज्यूको साङ्पाङ डेरीले ३ लाख र १० लाख गरि दुई बर्ष लगातार अनुदान खाए र तेस्रो पर्ष उनकै साङ्पाङ बङुर फार्म ले २५ लाख अनुदान खायो। मेरै आँखा अगाडि इलामकै मैनालीजीको साङ्गृला टि स्टेटले infrastructure development, अर्ग्यानिक प्रमाणीकरण र गाडी गरि एकै बर्ष एकै उद्योग एकै सरकारबाट २०-२५ लाख अनुदान खायो। हामी चिल्लै। अनि बल्ल थाहा भयो अनुदान लिनलाई  कि जनप्रतिनिधि, कि पार्टीको झोले कि त अनुदान दिने निकायका कर्मचारीलाई घुस दिनुपर्ने रहेछ। सच्चा कर्मनिष्ठ भएर नहुने रहेछ।''


''Dealer र ठुला mart मा समान दिनुपर्दा वार्षिक कारोबार ५० लाख नाघ्ने अनि उनीहरुले पनि vat bill नै खोज्ने भएकाले vat मा जानुपर्ने बाध्यता भयो र गैयो। अनि सुरु भयो अर्को दशा। फेरि हाम्रो देशको कर प्रणाली सारै अप्ठ्यारो । ब्यापार घाटामा छ, घाटा देखाउ बैंकले loan नदिने, नाफा देखाउदा प्रालि कम्पनीले वार्षिक नाफाको २५% कर तिर्नुपर्ने।''

 

''खर्च देखाउन आफूले, श्रीमतीले तलब खाको देखाउदा १% TDS तिर्नुपर्ने फेरि वार्षिक ४ लाख ५० हजार नाघेमा करको दर बढ्ने। महिनैपिच्छे १० लाख कारोबार भएमा १३% VAT अर्थात १ लाख ३० हजार महिनाकै सरकारलाइ बुझाउनु पर्ने, त्यो बिलम्ब भएमा २५% ब्याज तिर्नुपर्ने। वर्षमा एक पटक कम्पनी रजिस्ट्रारमा, घरेलुमा, नगरपालिकामा कम्पनी renew शुल्क बुझाउनु पर्ने, तेहेरो कर। अनि वार्षिक अडिट शुल्क आदि। कसरी थाम्छ एउटा गाउँमा रहेको कम्पनीले यी सबै शुल्क र भार ?''

https://www.facebook.com/premprasad.acharya.1/posts/pfbid02ugTpnoW4vF3fYUGj6jgvoD3j2ejHHtoyGuVjPRFMDtwaWpCfZ36ztYnFbLjxroj6l

 

प्रतिकृया दिनुहोस