• शुक्रबार-चैत-१६-२०८०

नेपाल युएस ७५+: नेपाल-अमेरिका सम्बन्ध सुदृढ गर्दै

सन्दर्भ : युएसएडका प्रशासक सामन्था पावरको नेपाल भ्रमण



    युनाइटेड स्टेट्स एजेन्सी फर इन्टरनेशनल डेभलपमेन्ट (युएसएड) का प्रशासक सामन्था पावर काठमाडौंको नेपाल भ्रमण छिन् । आफ्नो भ्रमणका क्रममा प्रशासक पावरले नागरिक समाजका अगुवा, सामुदायिक समूह, विद्यार्थी, व्यवसायी र सरकारी अधिकारीहरुसँग भेटेर नेपाललाई थप लोकतान्त्रिक, समृद्ध, समावेशी र लचिलो देश बनाउनका प्रयास र उपलब्धिबारे छलफल गर्ने कार्यक्रम रहेको छ ।


 युएसएआईडीले त्यसैगरी, नेपाल सरकार र जनतासँग संयुक्त राज्य अमेरिकाको ७५ वर्षभन्दा लामो समयदेखिको साझेदारीलाई जोड दिने अपेक्षा गरिएको छ । उनले नेपाल सरकारसँग संलग्नता बढाउन युएसएआईडीको प्रतिबद्धतालाई उजागर गर्नेछिन्।


    सो अवसरमा युएसएडले सङ्घीयता, सामाजिक समावेशीकरण, नागरिक समाज र मिडिया स्वतन्त्रतामा लोकतान्त्रिक उपलब्धिलाई सुदृढ गर्न गति दिन नयाँ प्रयासको घोषणा पनि गर्ने सम्भावना रहेको छ  ।


     सर्सरी समीक्षा गर्दा सामन्था पावरले मे ३, २०२१ मा युएसएड को १९ औं प्रशासकको रूपमा पदभार ग्रहण गरेकी थिईन । पावर राष्ट्रिय सुरक्षा परिषद्को सदस्य हुने पहिलो युएसएड प्रशासक हुन्, जहाँ उनले विकासले अमेरिकाको प्रतिक्रियामा आर्थिक, मानवीय र भूराजनीतिक मुद्दाहरूको दायरामा महत्वपूर्ण भूमिका खेल्छ भनी सुनिश्चित गर्न काम गर्छ। ।

 

    नेपालले इन्डो-प्यासिफिक क्षेत्रमा कनेक्टिभिटी निर्माण गर्ने क्रममा आफ्नै उत्पादनमूलक स्रोतहरूमा गहिरो प्रयोग गर्नुपर्छ, लगानी आकर्षित गर्ने नीतिहरू लागू गर्नुपर्छ र निजी क्षेत्रलाई उच्च वृद्धि र थप उत्पादनशील आर्थिक क्षेत्रमा थप आक्रामक रूपमा संलग्न गर्नुपर्छ ।


    संयुक्त राज्य अमेरिका र नेपाल बीचको सम्बन्ध जनवरी २३ , १९५१  मा हस्ताक्षर गरिएको सहयोग सम्झौताबाट सुरु भएको थियो। नेपाल सरकारसँग मिलेर काम गर्दै, युएसएड ले नेपालको पहिलो सडक निर्माण  सहित नेपालको सबैभन्दा उल्लेखनीय  विकास सफलताहरूमा योगदान पुर्‍याएको छ ।

 

यसको पहिलो टेलिफोन एक्सचेन्ज स्थापना गर्दै; तराई क्षेत्रबाट मलेरियालाई व्यावहारिक रूपमा उन्मूलन गर्ने; देशको एक समय बस्न नसकिने यस क्षेत्रमा कृषिलाई फस्टाउन सक्षम बनाउने; साक्षरता दर वृद्धि; तीव्र रूपमा बाल मृत्युदर घटाउने; र पछिका दशकहरूमा शान्ति र लोकतन्त्रलाई सहजीकरण गर्दै नेपालमा सहयोग गरेको थियो । नेपालमा युएसएडको मिसनले यी सफलताहरूमा निर्माण गरेको छ र नेपालको शान्तिपूर्ण, समृद्ध र लोकतान्त्रिक बन्ने प्रयासहरूलाई समर्थन गर्न जारी छ।


    दक्षिण एसियामा नेपाल अमेरिकासँग सबैभन्दा पहिले कूटनीतिक सम्बन्ध स्थापना गर्ने राष्ट्रहरूमा अग्रपङ्क्तिमा पर्छ । यस सन्दर्भमा दुवै राष्ट्रका नेताबीचको उच्चस्तरीय भ्रमणले पनि प्रगाढ सम्बन्ध विस्तारमा महत्वपूर्ण योगदान गरेको पाइन्छ । विगत केही वर्ष अगाडि मात्र  अमेरिकी संसदीय टोली नेपाल भ्रमणमा आएर द्विपक्षीय हितका विषयमा नेपाली नेतासँग छलफल गरेको थियो ।

 

यस्तै नेपालबाट पनि अमेरिकामा उच्चस्तरको भ्रमण विगतदेखि नै जारी छ । उच्चस्तरीय भ्रमणले दुवै मुलुकबीचको सम्बन्ध नवीकरण र विस्तारमा महत्वपूर्ण योगदान गर्दै आएको छ ।


    इतिहास को सर्सरी समीक्षा गर्दा नेपालबाट राजा महेन्द्रले अमेरिकाको दुई पटक (सन् १९६० र १९६७ मा) र राजा वीरेन्द्र शाहले एक पटक (सन् १९८३ मा) राजकीय भ्रमण गरेका थिए । उनले गरको भ्रमण को उल्लेख वाल स्ट्रीटको पेदेस्त्रियनमा देख्न सकिन्छ I

साथै , त्यसपछि नेपालबाट राष्ट्र प्रमुख वा सरकार प्रमुखका रूपमा २०५९ मा देउवाले अमेरिकाको औपचारिक भ्रमण गरेका हुन् ।


७५ वर्षको कूटनीतिक सम्बन्धको यात्रामा उनीहरूले हामीलाई औलो उन्मूलनमा सहयोग (सन् १९५१) देखि एमसीसी परियोजनासम्म उपलब्ध गराएका छन्, ।


यसबीच दक्षिण एसियामा अवस्थित नेपाल र उत्तर अमेरिकामा रहेको अमेरिकाबीच कुनै पनि प्रकारको असमझदारी, मनमुटाव तथा कटुता सिर्जना नहुनु नै दुई राष्ट्रबीचको उत्तम सम्बन्धको अनुपम उदाहरण हो। विश्व मञ्चमा शान्ति, सहअस्तित्व तथा अन्तर्राष्ट्रिय विकासका विषयवस्तुमा दुवै राष्ट्रको समान विचार एवं धारणा रहिआएको पाइन्छ ।


    विशेषतः अमेरिकाले पिस कप्र्सलगायत अमेरिकी सहायता नियोगका माध्यमबाट नेपालको आर्थिक, सामाजिक, शिक्षा, स्वास्थ्य, व्यापार, सेवा एवं विकासनिर्माण कार्यमा गरेको सहयोग निकै महत्वपूर्ण रहेको छ । सहयोगको पछिल्लो कडीका रूपमा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)अन्तर्गत झन्डै ६० अर्ब रुपियाँ बराबरको सहयोग नेपालको सडक विकास र विद्युत् प्रसारण लाइन निर्माणमा महत्वपूर्ण हुने विश्वास लिन सकिन्छ ।

 

    नेपालको विकासमा अमेरिकाले साँच्चिकै चासो राखेकाले अमेरिकाले नेपाली उत्पादनहरू विशेषगरी तयारी पोशाक, हस्तकला, पश्मिना र अन्य एनटीएफपी उत्पादनहरू आयात गर्ने गरेको नेपाली उद्यमीहरूको धारणा छ।  


    वि.सं. २०७२ को महाभूकम्पका बेला अमेरिकाद्वारा गरिएको सहयोग नेपाली जनताका लागि निकै महत्वपूर्ण थियो । यस्तै एमसीसी अनुदान सम्झौता संसद्ले पारित गरेको लगभग एक महिनाभन्दा कमको अवधिमा अमेरिकाले नेपाललाई सहयोग रकमको तुलनामा अझै ठूलो अनुदान सहायता प्रदान गरेको थियो  । यो अनुदान सहयोगले अमेरिका नेपालको विकास निर्माणमा एक गतिलो एवं विश्वासिलो साझेदार प्रमाणित  भएको छ ।


    कूटनीतिक सम्बन्ध भएदेखि नै प्रारम्भ भएको नेपाल र अमेरिकाबीचको विकास साझेदारीले आगामी दिनमा पनि निरन्तरता पाउने अपेक्षा गर्नु अस्वाभाविक होइन ।


    अमेरिका लोकतन्त्र र प्रेस स्वतन्त्रताको अग्रणी मुलुक हो । अमेरिकाले विश्वभर नै लोकतान्त्रिक मुलुकलाई सहयोग गर्दै आएको छ । नेपालमा समेत लोकतन्त्र, आर्थिक विकास तथा अन्तर्राष्ट्रिय सहभागितालाई प्रश्रय दिने उद्देश्यमा अमेरिकी सहयोग केन्द्रित रहेको पाइन्छ । अहिले पूर्वाधार विकासलाई समेत अमेरिकाले प्राथमिकतामा राखेको छ ।


    अमेरिकी सरकारले उपलब्ध गराएको भौतिक र प्राविधिक सहयोगले पूर्वाधार निर्माण गर्न र तल्लो तहमा लोकतान्त्रिक संस्थाहरू स्थापना गर्न ठूलो योगदान पुर्‍यायो। जनता-जनताबीचको सम्बन्ध यति गहिरो र बलियो छ, जसलाई विद्वान, कूटनीतिज्ञ, शान्ति सेना स्वयंसेवक, यात्रुहरू र व्यक्तिहरूद्वारा प्रवर्द्धन र सुदृढ गरिएको छ।     


    नेपालको प्राथमिकता विगत साँढे सात दशकमा नेपालको राजनीतिक प्रणाली निरंकुश राणा शासनबाट संवैधानिक राजतन्त्र र अहिले संघीय गणतन्त्रमा परिणत भएको छ । तर, नेपालका राज्य र नेताहरूले अमेरिकासँगको सम्बन्धलाई उच्च महत्व दिन्छन् ।


    वर्षौंदेखि रोकिएको मिलेनियम च्यालेन्ज कर्पोरेशन कम्प्याक्ट (एमसीसी)लाई अनुमोदन गरियो । नेपालमा स्थापना भएको एघार वर्षपछि संघीय संसद्को प्रतिनिधि सभाले अन्ततः अनुमोदन गरेको छ ।


    नेपाल सार्कको अध्यक्ष राष्ट्र र बिमस्टेकको सदस्य राष्ट्र भएकाले इन्डो-प्यासिफिक क्षेत्रमा नेपालले महत्वपूर्ण भूमिका खेल्न सक्ने अमेरिकाको धारणा छ । अमेरिकाले नेपालमा रहेका धेरै अमेरिकी अधिकारीहरूमार्फत नेपाललाई स्वतन्त्र र खुला इन्डो-प्यासिफिकमा प्रमुख भूमिका खेल्न निरन्तर आग्रह गर्दै आएको छ।     


    सन् १९४७ मा भएको वाणिज्य तथा मैत्री सम्झौता, १९५१ मा प्राविधिक सहयोगका लागि भएको सामान्य सम्झौताले हाम्रा दुई मित्र राष्ट्रबीचको द्विपक्षीय सम्बन्धलाई सुदृढ बनाउन योगदान दिएको छ । पछिल्लो समय अमेरिकाले नेपालमा एम. सी.  सी मार्फत समेत लगानी गर्न चासो देखाएको छ ।     


  नेपालको निर्यातमा उल्लेख्य वृद्धि गर्ने वाचा गर्दै अमेरिकाले नेपालसँग द्विपक्षीय व्यापार सम्झौता गरेको छ । नेपालले जहिले पनि अमेरिकी बजारलाई नेपाली उत्पादनका लागि महत्वपूर्ण बजार मान्दै आएको छ । धेरै हस्तकला, कागज उत्पादन, गहना, रत्न, ढुङ्गा अमेरिका निर्यात गरिन्छ।


    विगत दशकदेखि, अमेरिका हाम्रो तयारी पोशाकको प्रमुख आयातकर्ता देश थियो, यो उद्योग जसले गरिबी घटाउन र उच्च रोजगारी दर सिर्जना गर्न मद्दत गरेको इतिहास छ ।


    जलविद्युतका अलावा नेपालमा पर्यटनको पनि ठूलो सम्भावना रहेको छ । नेपालले अन्तर्रा्ष्ट्रिय क्षेत्रमा उपलब्ध गराउन सक्ने उत्कृष्ट बजार भनेको पर्यटन हो । त्यसैले पर्यटन क्षेत्रको विकासले नेपालको जीविकोपार्जन र आर्थिक स्थितिमा ठूलो परिवर्तन ल्याउन सक्छ ।


    नेपालको विकासमा अमेरिकाले साँच्चिकै चासो राखेकाले अमेरिकाले नेपाली उत्पादनहरू विशेषगरी तयारी पोशाक, हस्तकला, पश्मिना र अन्य एनटीएफपी उत्पादनहरू आयात गर्ने गरेको नेपाली उद्यमीहरूको धारणा छ।  

 

 द्विपक्षीय सम्बन्धलाई प्रवर्द्धन र अभिवृद्धि गर्न अमेरिका र नेपालबाट आउने व्यापार प्रतिनिधिमण्डलको सङ्ख्या बढाउन आवश्यक छ र दुवै देशमा हुने व्यापार मेला/प्रदर्शनीमा सहभागी हुने अवसर पनि मिलाउनुपर्छ ।


    नेपाल सरकार र निजी क्षेत्रले अन्तर्राष्ट्रिय बजारमा उत्पादनलाई विविधीकरण गर्न खोजिरहेका बेला अमेरिकाको सामान्यीकृत प्रणालीको प्राथमिकतामा रहेका करिब पाँच सय वस्तुको सुविधाले नेपाल–अमेरिका व्यापारमा ठूलो परिवर्तन ल्याउन सक्छ ।


    भन्सारमुक्त र कोटामुक्त प्रावधानसहित वा बिना नै नेपालले हाल अमेरिकालगायत अन्तर्राष्ट्रिय बजारमा झण्डै २०० वस्तु निर्यात गर्छ। निर्यातको यो अंशलाई व्यापारको आधुनिक प्रवृत्तिबाट मापन गर्ने हो भने नेपालले आफ्ना उत्पादनको प्रवद्र्धनका लागि अझै धेरै गृहकार्य गर्नुपर्ने देखिन्छ ।


    तुलनात्मक र प्रतिस्पर्धात्मक लाभका वस्तुहरूको बारेमा अन्तर्राष्ट्रिय र क्षेत्रीय व्यापारिक निकायहरू जस्तै उपयोग गर्नको लागि हाम्रो देशको सरकार वा निजी क्षेत्रले सामान्य ग्राह्यता प्रणाली  सुविधाको विषयवस्तुलाई पूर्ण रूपमा पहिचान गर्न नसकेको तथ्य दुर्भाग्यपूर्ण छ।


    अमेरिका नेपालको एक महत्वपूर्ण व्यापारिक साझेदार हो । यो नेपालको लागि विदेशी मुद्राको प्रमुख श्रोत पनि हो जुन मुख्यतया कपडा र गलैंचाको निर्यातका साथै पर्यटक आम्दानीबाट हुने गर्दछ। सन् २००४ मा बहु-फाइबर सम्झौता (MFA) अन्तर्गतको कोटा प्रणालीको अन्त्य भएपछि नेपाली तयारी पोशाकको संयुक्त राज्य अमेरिकामा निर्यातमा उल्लेख्य गिरावट आएको छ ।


    हाल अमेरिका कुल व्यापारको हिसाबले तेस्रो ठूलो व्यापार साझेदार र नेपालको दोस्रो ठूलो निर्यात गन्तव्य मुलुक हो। द्विपक्षीय व्यापारको मात्रा थोरै भए पनि नेपालको व्यापार घाटा फराकिलो हुँदै गएको छ ।   

 
नेपाल सरकारले अमेरिकामा निर्यात बढाउन व्यवसायीहरूलाई प्रोत्साहन गरिरहेको छ । नेपाल र अमेरिकाबीच अप्रिल १५, २०११ मा ट्रेड एण्ड इन्भेष्टमेन्ट फ्रेमवर्क एग्रीमेन्ट (TIFA) भएको छ।


    केही वर्षअघि अमेरिकी कंग्रेसले व्यापार सहजीकरण र व्यापार प्रवर्तन ऐन लागू गरेपछि नेपालमा गार्मेन्ट व्यवसायीहरू आशावादी थिए। यद्यपि, कानूनले देशमा उत्पादन हुने प्रमुख कपडाका वस्तुहरूलाई समेटेको छैन। सिमरामा जीपीजेड स्थापना अगाडि बढ्न सक्छ।


    करिब दुइ  दशक अघिको निर्यातको तुलनामा समग्रमा नेपाली तयारी पोशाकको निर्यात ह्वात्तै घटेको छ । तर, सरकारले यसलाई देशको प्रमुख निर्यातयोग्य वस्तु हो भन्ने बुझेर आवश्यक सुविधा र सहयोग उपलब्ध गराएमा निर्यातमा पुनः वृद्धि हुन सक्छ ।


    दुई मुलुक बीचमा रहेको कूटनीतिक सम्बन्धलाई थप कसिलो पार्न उद्योग, वाणिज्य संघ, विद्यार्थी, प्राज्ञिक क्षेत्र, खेलकूद र मानवीय क्रियाकलापले उल्लेख्य सहयोग पु¥याउँदै आएको छ । सार्वजनिक क्षेत्र र निजी क्षेत्र एक अर्काका परिपूरक हुन ।   

 

 आर्थिक विकासका लागि अर्थव्यवस्थामा हुने वार्षिक लगानीमा निजी क्षेत्रको योगदान करिव ७० प्रतिशत रहेको छ  । त्यसैले नेपालले आर्थिक विकासको इन्जीनको रुपमा निजी क्षेत्रलाई स्वीकारेको छ । यस स्थितिलाई मनन गरी निजी क्षेत्रका उद्योग वाणिज्य संघले आफ्नो भूमिकालाई अझै प्रभावकारी बनाउनु आवश्यक देखिन्छ ।


    अमेरिकामा नयाँ राष्ट्रपति  र प्रधानमन्त्रीको आसन्न भ्रमणले दुई मुलुक बीचको नीतिले नेपाल र नेपालीलाई केही कुराहरूमा सकारात्मक असर गर्नेछ।  


    युएसएड/ नेपाल को २०२० – २०२५  देश विकास सहयोग रणनीति को लक्ष्यमा : सुधारिएको लोकतान्त्रिक शासन र स्वास्थ्य र शिक्षाका परिणामहरू प्रदान गर्ने थप आत्मनिर्भर, समृद्ध र समावेशी नेपालको निर्माण, आगामी पाँच वर्ष नेपालका लागि कोभिड–१९ बाट पुननिर्माण र अघिल्लो विकासको मार्गलाई निरन्तरता दिन मात्रै नभई सन् २०३० सम्ममा मध्यम आय भएको मुलुकमा पुग्ने आफ्नो लक्ष्य हासिल गर्न आवश्यक उपलब्धि हासिल गर्न पनि महत्वपूर्ण छन्।


    नेपालले इन्डो-प्यासिफिक क्षेत्रमा कनेक्टिभिटी निर्माण गर्ने क्रममा आफ्नै उत्पादनमूलक स्रोतहरूमा गहिरो प्रयोग गर्नुपर्छ, लगानी आकर्षित गर्ने नीतिहरू लागू गर्नुपर्छ र निजी क्षेत्रलाई उच्च वृद्धि र थप उत्पादनशील आर्थिक क्षेत्रमा थप आक्रामक रूपमा संलग्न गर्नुपर्छ ।


    यसले आफ्ना सबै विविध जनसंख्यालाई आवाज, शक्ति र अधिकार दिएर यसको संघीय प्रयोग सफल भएको सुनिश्चित गर्न आवश्यक छ। नेपालमा अमेरिकी प्राथमिकताहरूलाई अगाडि बढाउन, युएसएड /नेपालले विकास लक्ष्य प्राप्त गर्ने चारवटा विकास उद्देश्यहरू  पहिचान गरेको छ । 

 

थप प्रभावकारी, सहभागितामूलक र समतामूलक लोकतान्त्रिक इकोसिस्टम, फराकिलो र समावेशी आर्थिक वृद्धिलाई प्रोत्साहित गरिने : समावेशी स्वास्थ्य र शिक्षा प्रणालीहरू बलियो बनाइने, अधिक समानुपातिक र सुधारिएको प्राकृतिक स्रोत र प्रकोप जोखिम को लागि रणनीतिक छनोट गर्दा, युएसएडले अघिल्लो रणनीति, देशको मूल्याङ्कन र नेपाल सरकारको विकास नीति र निर्देशनबाट सिकेका पाठहरूद्वारा निर्देशित छ।  कृषि उद्यम केन्द्रको स्थiपना र संचालनमा खेलेको भूमिका पनि उल्लेख्नीय छ I   

 

प्रतिकृया दिनुहोस