• शुक्रबार-चैत-१६-२०८०

प्रचण्ड सरकार छाडेर हिंडेका रास्वपाका मन्त्रीहरूले किन गरे गाेप्य बैठक ?

काठमाडौं । अहिले नेपालका शहर र बस्तीहरूका चिया पसल, हाेटेल रेष्टुरेण्टमा रवि लामिछाने हटकेकको रुपमा देखिएका छन् । राजनीतिक र सञ्चार क्षेत्रलाई गाली गरेर हटकेक बनेका लामिछानेको पार्टी ४२ दिनमात्रै सरकार बस्यो ।

 

राजनीतिक पृष्ठभूमि भएका र अनुभवी, अलिकति जान्ने बुझ्ने नेता र सांसद भने लामिछानेको कारण राजनीतिक करिअर नै ध्वस्त हुने भयो भन्ने चिन्तामा रहेकाे बताउछन् ।

 

प्रचण्ड, माधव नेपाल, शेरबहादुर देउवा, केपी ओलीलगायतका नेताहरुलाई चर्को गाली गरेर भोट संकलन गरेका लामिछाने तिनै नेतृत्वमा बनेको सरकारमा गएपछि विवादित बनेका थिए । यस्ताे सरकारमा ४२ दिन मात्रै बस्ने अवसर पाए ।


    त्यो ४२ दिनअघि रास्वपाका सांसदहरू वामपन्थी सरकारमा किन गएका थिए र किन फिर्ता भए भन्ने मान्छेले पत्तो पाएनन् । आफ्नै नेता कार्यकर्ता र सांसदलाई समेत पत्तो नभएको त्यो निर्णयका कारणले पार्टी सग्लो नरहने स्थितिमा पुगेकाे स्राेत बताउछ ।

 

राजनीतिक पृष्ठभूमि भएका र अनुभवी, अलिकति जान्ने बुझ्ने नेता र सांसद भने लामिछानेको कारण राजनीतिक करिअर नै ध्वस्त हुने भयो भन्ने चिन्तामा रहेकाे बताउछन् । उनीहरुको यो चिन्ताको कारण चाहिँ लामिछानेले मिडियामाथि गरेको गालीगलाैजका कारणले नै भन्ने छ।


२०७९ माघ २२ गते आइतवार मिडियामाथि खनिएका संसदमा चाैथाे दलकाे जिम्मेवारी र भूमिकामा रहेका लामिछानेले यतिसम्म बोल्लान् भन्ने सांसद र नेताहरुले अनुमान नै गरेका थिएनन । त्यही कारण रास्वपाका मन्त्रीहरूले सरकार छोडेको विषयमा जानकारी दिन माघ २३ गते पत्रकार सम्मेलन गरेर केही भन्ने तयारी गरेका थिए ।

 

राजीनामा बुझाउनेमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री शिशिर खनाल र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री तोसिमा कार्की रहेका छन् ।


२०७९ माघ २३ गते सोमवारका लागि रास्वपाबाट राजीनामा बुझाउने मन्त्रीहरूले संयुक्त रूपमा  तय भएकाे पत्रकार सम्मेलन पनि स्थगित गरे । रविको गालीको सामना आफूहरुले पत्रकार सम्मेलनमा गर्नुपर्ने भएकोले स्थगित गरिएको बताइन्छ ।

 

पत्रकार सम्मेलन स्थगित गरेर सांसद र केही नेताहरु विराजभक्त श्रेष्ठको नेतृत्वमा आन्तरिक छलफलमा बसेका थिए । पार्टीमा छलफल नै नभएको विषयमा बोलेर पार्टी अध्यक्ष लामिछानेले पार्टी पंक्ति र आफूहरूलाई अप्ठ्यारोमा पारेको भन्दै उनीहरु गोप्य छलफलमा बसेका थिए ।


उनीहरुवीच लामिछानेले आत्मालोचना गर्नुपर्नेसम्मका विषय उठेकाे स्राेत बताउछ ।  लामिछाने उठाएका प्रश्नको जवाफ आफूहरुले पनि जनतालाई दिनुपर्ने भएकाले के जवाफ दिने भनेर उनीहरु छलफल गरेका थिए । तर, कतिपयले भने यो छलफललाई पार्टी विभाजनको रिहर्सलको रुपमा पनि बुझ्न थालेकाे चर्चा छन् ।


   रास्वपाका केही नेता र सांसदहरू लामिछानेसँगै लामो यात्रा गर्न  कठिन हुने बुझाइमा पुगेका उनीहरुले यो गैरजिम्मेवार अभिव्यक्तिकाे मुद्दालाई नै आधार बनाएर विभाजनको प्रारुप तयार गर्न खोजेको अर्थमा पनि विश्लेषण हुन थालेको छ ।

 

प्रतिकृया दिनुहोस