• शुक्रबार-बैशाख-१४-२०८१

बिनाशकारी भुकम्प : किम जोङद्धारा साउदी समकक्षीलाई समवेदना सन्देश

 

प्योङयाङ, २५ माघ । उत्तर कोरियाली नेता किम जोङ उनले टर्की र सिरियामा झण्डै ८ हजारको ज्यान लिएको विनाशकारी भूकम्पप्रति सिरियाली समकक्षी वासेर अल असादलाई समवेदना पठाएका छन् ।

 

सोमवार गएको ७.८ रेक्टर स्केलको भूकम्पबाट हजारौले ज्यान गुमाएको प्रति समवेदना प्रकट गर्दै उत्तरी कोरियाली नेता किम जोङले समवेदना सन्देश पठाएका हुन ।

 

'म विश्वस्त छु कि तपाईको नेतृत्वमा सिरियाली सरकार र जनताले जतिसक्दो चाँडो भूकम्पबाट भएको क्षतिलाई जित्नेछन् र प्रभावित मानिसहरूको जीवनलाई स्थिर बनाइनेछ', किमले सिरियाका राष्ट्रपति बसर अलअसदलाई समवेदना प्रकट गर्दै भनेका छन ।
 

प्रतिकृया दिनुहोस