• बुधबार-बैशाख-१२-२०८१

बिभिन्न स्थानबाट अवैध लागूऔषधसहित पक्राउ

 

काठमाडौं, २५ माघ । चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध खैरो हेरोइन ५० मिलिग्राम र नियन्त्रित लागूऔषध नाइट्राभेट ८४ ट्याब्लेट सहित २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

 

पक्राउ पर्नेहरूमा झापा हल्दीबारी गाउँपालिका-१ बस्ने २३ वर्षीय केवल कार्की र गौरादह नगरपालिका-१ बस्ने २३  वर्षीय दुर्गाराज राजबंशी रहेका छन् । प्रहरी प्रभाग नागढुङगाबाट खटिएको प्रहरीले बा.प्र.०१-००६ ख ४५८८ नम्बरको बसलाई जाँच गर्ने क्रममा कार्कीको साथबाट खैरो हेरोइन र राजबंशीको साथबाट नाइट्राभेट सहित फेला पारी दुवै जनालाई पक्राउ गरेको हो । 

 

यसैगरी कैलाली, टीकापुर नगरपालिका-२ मुलपानीबाट अवैध लागूऔषध खैरो हेरोइन ६ सय ७० मिलिग्राम सहित टीकापुर नगरपालिका-५ नक्कलीपुर बस्ने २३ वर्षीय साजन चौधरीलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले अन टेष्ट लेखिएको मोटरसाइकलमा सवार उनलाई जाँच गर्ने क्रममा उक्त खैरो हेरोइन सहित फेला पारी पक्राउ गरेको हो । 

 

यस्तै पर्सा, वीरगंज महानगरपालिका-१६ बसपार्कबाट नियन्त्रित लागूऔषध नाइट्राभेट ट्याब्लेट ३ सय पिस,  नुर्फिन १० एम्पुल, फेनारगन १० एम्पुल र डाइजेपाम १० एम्पुल सहित नुवाकोट बिदुर नगरपालिका-९ बस्ने २७ वर्षीय रमेश नेपालीलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

 

प्रहरी चौकी बसपार्कबाट खटिएको प्रहरीले उनलाई जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

 

 

प्रतिकृया दिनुहोस