• शुक्रबार-चैत-१६-२०८०

उच्च जोखिममा रहेका मुलुकको सूचीबाट पाकिस्तानलाई हटाइयो

 

इस्लामाबाद, पाकिस्तान, १५ चैत । पाकिस्तानका वाणिज्यमन्त्री सैयद नाभिद कमरले पाकिस्तानलाई युरोपेली सङ्घ (ईयू) को उच्च जोखिममा रहेका तेस्रो मुलुकहरूको सूचीबाट हटाइएको बताउनुभएको छ । यसको अर्थ दक्षिण एसियाली मुलुक पाकिस्तानका लागि ईयूको बजारमा निर्यात बढाउने अवसर भएको उहाँले बताउनुभयो । 

 

उहाँले भन्नुभयो, “उच्च जोखिममा रहेका तेस्रो मुलुकहरूको सूचीबाट हटाउने निर्णय पछि, युरोपेली कानूनी र आर्थिक व्यवसायीहरूले अब पाकिस्तानी व्यवसाय र व्यक्तिहरूलाई ‘जोखिमको कारण प्रतिबन्ध’ को अधीनमा राख्ने छैनन् ।

 

मन्त्री कमरले भन्नुभयो, “पूर्व प्रतिबन्धहरूले विगत केही वर्षहरूमा पाकिस्तानको अर्थव्यवस्था, निर्यातकहरू र व्यापारीहरूलाई क्षति पु¥याएको छ ।”

 

पाकिस्तानलाई सन् २०१८ मा युरोपेली सङ्ले कमजोर सम्पत्ति शुद्धीकरण र आतङ्कवादी वित्तपोषण प्रणालीका कारण यसको उच्च जोखिममा रहेका तेस्रो मुलुकहरूको सूचीमा समावेश गरेको थियो ।
---
 

प्रतिकृया दिनुहोस