• शुक्रबार-बैशाख-७-२०८१

आईपीओ निष्कासन गर्ने प्रस्तावसहित कान्तिपुर टेलिभिजनको विशेष साधारणसभा बस्दै

 

काठमाडौं, १७ चैत । कान्तिपुर टेलिभिजन नेटवर्क कम्पनी लिमिटेडको विशेष साधारणसभा आज बस्दैछ । सभाबाट कम्पनीले आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्ने बताएको छ । 


कम्पनीले ७ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्न यसअघि नै सानिमा क्यापिटललाई नियुक्त गरिसकेको छ । कम्पनीले गत आर्थिक वर्षकोे नाफाबाट सेयरधनीहरुलाई बोनस सेयर वितरण गर्ने प्रस्ताव पनि सभामा पारित गरिनेछ । सभा कम्पनीको रजिष्टर्ड कार्यालय तीनकुने, काठमाडौंमा, दिउँसो १ बजेदेखि सुरु हुनेछ ।

 

प्रतिकृया दिनुहोस