• बुधबार-बैशाख-१२-२०८१

एकैदिन तोलामा एक हजार रुपैयाँ बढ्यो सुनको भाउ

 

काठमाडौं, १७ चैत ।  नेपाली बजारमा सुनचाँदीको मूल्य शुक्रबार बढेको छ। बिहीबार प्रतितोला ३०० रुपैयाँ घटेको सुनको भाउ आज प्रतितोला एक हजार रुपैयाँ बढेको हो ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ९ हजार २०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ८ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ। 

 

बिहीबार छापावाल सुन प्रतितोला १ लाख ८ हजार २०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ७ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी, शुक्रबार चाँदीको मूल्य २५ रुपैयाँले बढेको छ। शुक्रबार चाँदी प्रतितोला १४ सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी प्रतितोला १३ सय ७५ रुपैयाँमा कारोबार भएको थियो।

प्रतिकृया दिनुहोस