न्युयोर्क, १७ चैत । पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई फौजदारी अभियोग लागेको छ । वर्षौको अनुसन्धानपछि म्यानहाटनको ग्रान्ड जुरीले उहाँलाई फौजदारी अभियोग लगाएको हो ।
फौजदारी अभियोगबारे ग्रान्ड जुरीले स्पष्ट नगरे पनि विवाहेत्तर यौन सम्बन्धलगायत दुई दर्जन मुद्दा पूर्वराष्ट्रपतिलाई लाग्ने सञ्चारमाध्यमहरूले जनाएका छन् । जुरीको उक्त निर्णयसँगै उहाँको राजनीतिक एवम् व्यापारिक कारोबार प्रभावित हुनाका साथै पुनः राष्ट्रपतिमालड्ने उहाँको योजना चकनाचुर भएको छ ।
प्रतिकृया दिनुहोस