• शुक्रबार-बैशाख-१४-२०८१

एकसाथ ब्रम्हास्त्र २ र ३ गर्दै अयान

 

मुम्बई । बलिउड निर्देशक अयान मुखर्जीको निर्देशन रहेका फिल्म ‘ब्रह्मास्त्र’ सन् २०२२ को हिट फिल्ममा पर्दछ । जसले बक्सअफिसमा ४ सय करोडको कमाई गरेको थियो । रणवीर कपूर र आलिया भट्ट स्टारर फिल्ममा अमिताभ बच्चन, मौनी रोय, नागार्जुन र शाहरुख खानको पनि विशेष भूमिकामा अभिनय थियो ।

 

यो फिल्म हेरेपछि दर्शकले फिल्मको दोस्रो र तेस्रो संस्करणको पनि माग गरेका छन् । यही मागलाई पुरा गर्न निर्देशक अयान कम्मर कसेर लागेका छन् । अयानका अनुसार उनले फिल्मको दोस्रो भाग देवको कथा वरपर घुम्नेछ, जुन पहिलो भागमा शिवको पिताको भूमिकामा देखिएका थिए ।

 

अयानले फिल्मको दोस्रो र तेस्रो संस्करणको काम एकसाथ गर्ने र यी फिल्मलाई थिएटरमा रिलिज गर्न तीन वर्ष लाग्ने खुलाए । ‘हामी ब्रह्मास्त्र २ र ३ मिलेर बनाउनेछौं । सत्य यो हो कि यसलाई लेख्न केही समय लाग्नेछ । मलाई थाहा छ कि फिल्मलाई लिएर सबै उत्साहित छन् । मानिसहरु फिल्म चाँडै दर्शकमाझ पुगोस भन्ने चाहन्छन् । तर बिना कुनै सम्झौता फिल्म राम्रो किसिमले लेखिन्छ । मलाई लाग्छ कि फिल्मको दोस्रो हेर्न दर्शकले तीन वर्ष पर्खनुपर्नेछ’, उनले भनेका छन् ।

 

प्रतिकृया दिनुहोस