• बिहीबार-बैशाख-१३-२०८१

प्रधानमन्त्री थ्री नेसन्स कप : लाओसलाई पराजित गर्दै उपाधिमाथि नेपालको जित

 

काठमाडौं, १७ चैत । प्रधानमन्त्री थ्री नेसन्स कपको उपाधि घरेलु टोली नेपालले जितेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज साँझ भएको फाइनल खेलमा लाओसलाई २–१ गोलले पराजित गर्दै नेपालले उपाधि जितेको हो ।

 

खेलको १७ औँ मिनेटमा फत्ताबोङ साङबिले गोल गर्दै लाओसलाई अग्रता दिलाएका थिए। लगत्तै त्यसको ७ मिनेटपछि २४ औँ मिनेटमा आयुष घलानले गोल गर्दै नेपालका लागि बराबरी गोल फर्काए। खेलको ८८ औँ मिनेटमा मनिष डाँगीले गोल गर्दै नेपाललाई उपाधि जिताए ।

 

उपाधिसँगै नेपालले ५ हजार अमेरिकी डलर पाएको छ भने उपविजेता बनेको लाओसले ३ हजार अमेरिकी डलरमा चित्त बुझाएको छ। आयुष घलान प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित हुँदै ५ सय अमेरिकी डलर पाए ।

 

नेपालले घरेलु मैदानमा दोस्रो पटक थ्री नेसन्स कपको उपाधि जितेको हो। यसअघि नेपालले २०७७ सालमा थ्री नेसन्स कप फुटबल प्रतियोगिता आयोजना गरेको थियो । फाइनलमा बंगलादेशलाई पराजित गर्दे नेपाल विजेता बनेको थियो ।

 

नेपालको जितमा प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनासी पनि सफल देखिएका छन् । प्रशिक्षकको जिम्मेवारी सम्हालेको पहिलो प्रतियोगिताबाटै उनले नेपाललाई उपाधि दिलाएका छन् ।

 

प्रतिकृया दिनुहोस