• बिहीबार-चैत-१५-२०८०

नेपाली सेनाद्वारा उत्कृष्ट लघु चलचित्र पुरस्कृत(सचित्र समाचार)

काठमाडौँ, १७ चैत (रासस) : नेपाली सेनाले आयोजना गरेको ‘लघु चलचित्र प्रतियोगिता–२०७९’ मा लघु चलचित्र ‘कस्तुरी’ उत्कृष्ट भएको छ ।

 

      नवीन दाहालले निर्देशन गरेको उक्त चलचित्रले नगद रु दुई लाख तथा सम्मानपत्र प्राप्त गरेको छ । प्रतियोगितामा लघु चलचित्र ‘सहिदको श्रीमती’ ले द्वितीय स्थान हासिल गर्दै नगद रु एक लाख ५० हजार तथा सम्मानपत्र पाप्त गरेको छ भने तृतीय स्थानमा लघु चलचित्र ‘आर्मी नेभर अफ डिउटी’ परेको छ । उक्त चलचित्रले रु ५० हजार पुरस्कार नगद र सम्मानपत्र प्राप्त गरेको छ ।

    

लघु चलचित्र ‘एक संकल्प’ र ‘सेनाको सन्तति’ ले सान्त्वना पुरस्कार प्राप्त गरेका छन् । प्रतियोगितामा उत्कृष्ट भएका चलचित्रलाई २०७९ चैत १७ गते आर्मी अफिसर्स क्लबमा आयोजित कार्यक्रममा प्रधानसेनापति प्रभुराम शर्माले नगद तथा सम्मानपत्र वितरण गर्नुभएको थियो ।

    सो अवसरमा लघुचलचित्र मूल्याङ्कनमा संलग्न लगायतका व्यक्तित्वलाई पनि कदरपत्रद्वारा सम्मान गरिएको थियो । त्यस्तै ‘सिपाही वार्षिक र द शिवपुरी जर्नल’ का उत्कृष्ट लेखकलाई पुरस्कार प्रदान गरिएको थियो ।


(तस्बिर :  प्रधान सेनापति प्रभुराम शर्मा नेपाली सेना जनसम्पर्क तथा सूचना निर्देशनालय दिवस– २०७९ को अवसरमा आयोजित लघु चलचित्र प्रतियोगितामा प्रथम हुन सफल रविन तामाङलाई नगद रू दुई लाखसहित पुरस्कार प्रदान गर्नुहुँदै । तस्बिर : रत्न श्रेष्ठ/रासस)

प्रतिकृया दिनुहोस