• मंगलबार-बैशाख-४-२०८१

लायन्स क्लब अफ काठमाडौं सिद्धार्थ गौतम बुद्धको वार्षिक साधारण सभा सम्पन्न

 

काठमाडौं, १८ चैत । लायन्स क्लब अफ काठमाडौं  सिद्धार्थ गौतम बुद्धको वार्षिक साधारण सभा सम्पन्न भएको छ । काठमाडौँको बसुन्धरामा लायन नारायण रेग्मीको अध्यक्षतामा सम्पन्न सभामा क्लबले विगतमा गरेको विभिन्न कार्यक्रमहरुको समिक्षा गर्दै सम्पन्न गरेको हो । सभाका प्रमुख अतिथि तथा प्रतिनिधि सभा सदस्य माननीय पदम गिरीले क्लबको प्रशंसा गर्दै नाम अनुसार काम भएको भन्दै शुभकामना दिए । 

 

निवर्तमान स्वास्थ्य मन्त्री समेत रहेका नेता गिरीले सो अवसरमा बोल्दै क्बले सबैलाई संगठीत गरेकोमा खुशि व्यक्त गरे । सांसद गिरीले लायन्सको टिमसँग हातेमाले गर्दै अघि बढ्ने प्रतिवद्धा समेत व्यक्त गरे । सो अवसरमा लायन्स वर्ष २०२३ / २४ का लागि नारायण सुवेदीको अध्यक्षतामा नयाँ कार्यसमित चयन गरेको निवार्चन सह संयोजक लायन हरिप्रसाद तिवारीले जानकारी दिए । 

त्यस्तै एलसिआइफ एरिया लिडर लायन राजन लम्साल विशिष्ट अतिथि रहनु भएको सो कार्यक्रममा उनलाई लायन्स महापुरुष सम्मान २०७९ बाट सम्मानित गरियो । उनले  डिस्ट्रिक ३२५ आईमा सिद्धार्थ गौतम वुद्ध क्लवले छुट्टै पहिचान बनाउन सफल रहेको वताउँदै क्लबको नेतृत्वको प्रशंशा गरे । कार्यक्रममा पुर्व डिस्ट्रक गभर्नर लायन मन वहादुर रोका, चिफ एडाईजर लायन पार्वती खरेल, जनार्दन फुयाल, राजु चालिसे, विष्णु प्रसाद भण्डारी र महेश वस्नेतले क्लवको खुलेर प्रशंसा गरेका थिए ।

लायन्स क्लब सम्बद्ध विभिन्न विशिष्ट व्यक्ति तथा अतिथिहरुको उपस्थिती रहेको कार्यक्रममा लायन्स वर्ष २०२२ / २३ को समिक्षा, लायन्स क्लब अफ सिद्धार्थ गौतम बुद्ध इनलाइटनको उद्घाटन तथा यसै क्लब अन्तर्गतको लियो क्लबको प्रमाणपत्र हस्तातरण पनि गरिएको थियो । कार्यक्रममा लायन्ससँग सम्बन्धित समाजसेवी  व्यक्तित्वहरुलाई सम्मान, प्रशंसा र कदरपत्र प्रदान गरिएको थियो ।

प्रतिकृया दिनुहोस