• शुक्रबार-बैशाख-७-२०८१

आर्यनको स्टारडममा ८०० को अडिसन, छानिए लक्ष्य लालवानी

 

मुम्बई  । अभिनेता शाहरुख खानका छोरा आर्यनले निर्देशन गरिरहेको शो ‘स्टारडम’को कलाकारका लागि झण्डै ८०० ले अडिसन दिएका छन् । यो अडिसनबाट अभिनेता लक्ष्य लालवानी चुनिएका छन् । ‘स्टारडम’ आर्यनको महत्वकांक्षी प्रोजेक्ट हो ।

 

अभिनेता लक्ष्यले टेलिभिजनबाट आफ्नो करियर सुरु गरेका थिए । यसपछि उनी धर्मा प्रोडक्सनको फिल्म ‘दोस्ताना २’का लागि छानिए । यो फिल्म उनको डेब्यू हो । फिल्ममा कार्तिक आर्यन र जान्हवी कपुरको अभिनय हुने चर्चा थियो ।

 

तर, कार्तिक बाहिरिएपछि फिल्म होल्डमा राखियो । फिल्म रोकिएपछि लक्ष्य शनाया कपुरको ‘बेधडक’मा जोडिए । शोका लागि लक्ष्यले ८ राउण्डको अडिसन र स्क्रिन टेस्ट दिनुपरेको थियो ।

 

‘स्टारडम’को काम यसै महिनाबाट सुरु हुने भनिए पनि कास्टिङ प्रक्रियाले यो केही पर धकेलिएको छ । शोमा शाहरुख खान र रणवीर सिंहको विशेष अभिनय रहनेछ ।

प्रतिकृया दिनुहोस