• शनिबार-बैशाख-१५-२०८१

आज पनि ५०० रुपैयाँले घट्यो सुनको मूल्य, चाँदीको कति ?

 

काठमाडौ, १२ जेठ । नेपाली बजारमा आज पनि सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ८ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य शुक्रबार ५०० रुपैयाँले घट्दै १ लाख ८ हजार ३०० रुपैयाँमा झरेको हो । 


यस्तै तेजाबी सुनको पनि शुक्रबार तोलामा ५०० रुपैयाँले घट्दै १ लाख ७ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


यता चाँदीको मूल्य भने अघिल्लो दिनको तुलनामा ५ रुपैयाँले घट्दै १ हजार ३४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ३५० रुपैयाँमा कारोबार भएको थियो । 

 

 

प्रतिकृया दिनुहोस