• मंगलबार-बैशाख-११-२०८१

पाकिस्तानका पूर्वप्रधानमन्त्री खान र उनकी पत्नीसहित ८० जना नेतालाई देश बाहिर जान प्रतिबन्ध

 

पाकिस्तान, १२ जेठ । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानसहित उनकी पत्नीसमेतलाई देश बाहिर जान प्रतिबन्ध लगाइएको छ । 

 

तहरिक–ए इन्साफ पार्टीका अध्यक्षसमेत रहेका खान र उनकी पत्नी बुशरा बीबीसहित पीटीआइका ८० जना नेताहरुलाई देश बाहिर जान प्रतिबन्ध लगाइएको हो । 


पाकिस्तान सरकारले खानसहित ६०० जनालाई नो फ्लाई लिस्टमा समावेश गर्दै सूचना जारी गरेको हो । खानमाथि आतंकवाद ऐन अन्तर्गत १४० वटा मुद्दा लगाइएको छ ।
 

 

 

 

प्रतिकृया दिनुहोस