• शुक्रबार-बैशाख-१४-२०८१

जेलबाट रिहा भएपछि पूर्व सांसद रेशम चौधरीले भने 'टीकापुर घटनाको पुनः छानबिन हुनुपर्छ'

 

काठमाडाैं, १५ जेठ । आज जेलमुक्त भएका पूर्व सांसद रेशम चौधरीले टीकापुर घटनाको निष्पक्ष र न्यायोचित छानबिन हुनु पर्ने जनाएका छन् ।

 

डिल्लीबजार कारागारवाट जेलमुक्त भए पछि सञ्चारकर्मीसँग कुराकानी गर्दै चौधरीले टीकापुर घटनाको निष्पक्ष छानबिनका लागि पुनः प्रक्रिया सुरु गर्नुपर्ने जनाएका हुन । उनी आज बिहान रिहा भएका हुन्।

‘राष्ट्रपतिबाट सजाय माफी मिनाहा पाएर रिहा हुन पाउँदा खुसी छु। टीकापुर घटनाको पुनः छानबिन हुनुपर्छ,’ जेलबाट रिहा हुदैँ गर्दै उनले भने, ‘यो घटनामा निर्दोष कोही पर्नु हुँदैन, उनले भने, ‘टिकापुर घटना विशुद्ध राजनीतिक घटना हो । यो राजनीतिक घटनालाई नेपालका राजनीतिक दलहरूले चिन्न निकै ढिलो गरे । थाहा पाउन निकै ढिलो भयो ।’ 

 

रेशम चौधरीलाई लिन उनकी पत्नी तथा नागरिक उन्मुक्ति पार्टी अध्यक्ष तथा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता चौधरी डिल्लीबजार पुगेकी थिइन् । जेलबाट रिहा हुदाँ पार्टीका समर्थक, शुभेच्छुकहरूले बाजासहित, फूलमालाले उनको भब्य स्वागत गरेका थिए । 



 

 

 

प्रतिकृया दिनुहोस