• शनिबार-बैशाख-८-२०८१

अस्ट्रियाको अस्पतालमा आगलागी

 

भियना । अस्ट्रियाको एक अस्पतालमा आगलागी हुँदा तीन जनाको मृत्यु भएको छ । राजधानी भिएनाबाट १४ किलोमिटर  टाढा रहेको मोडलिङस्थित अस्पतालमा आगो लाग्दा उक्त हताहती भएको हो । 

 

लाग्नुको कारण अझै नखुलेको उल्लेख गर्र्दै अस्पतालका प्रवक्ताले एक सय ७० वटा दमकल र ३३ वटा आगो निभाउने सवारी साधन प्रयाग गरेर दुई घण्टाको लामो प्रयत्नपछि आगो निभाइएको बताए । यो घटना स्थानीय समयअनुसार आज बिहान एक बजेको हो ।

 

घाइतेहरूलाई अन्य स्वास्थ्य संस्थामा सारिएको जनाए पनि ती प्रवक्ताले कति जना घाइते भएका थिए भन्नेबारेमा केही उल्लेख गरेका छैनन् । 
 

प्रतिकृया दिनुहोस