• बुधबार-बैशाख-१२-२०८१

मुम्बई आतङ्कवादी हमलाका सहयोगी भुटावीको कारागारमा मृत्यु

 

नयाँदिल्ली, १६ जेठ (रासस/पिटिआई) : सन् २००८ मा मुम्बईमा आतङ्कवादी हमला गर्न वित्तीय एवम् अन्य माध्यमबाट आतङ्कारीलाई सघाएका लस्कर ए तैबाका नेता अब्दुल सलाम भुटावीको मृत्यु भएको छ । 


पाकिस्तानको कारागारमा उनको मृत्यु भएको हो । सोमबार दिउँसो भुटावीको हुदयाघातका कारण मृत्यु भएको बताइएको छ । 


सन् २०१२ मा राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले भुटावीलाई आतङ्कवादी घोषणा गरेको थियो । त्यसको केही वर्षपछि आतङ्कवादलाई प्रश्रय दिनका साथै आतङ्कवादीलाई वित्तीय सहयोग गरेको आरोपमा पाकिस्तानी प्रहरीले उनलाई पक्राउ गरेको थियो । 


अदालतले उनलाई दोषी ठहर गरेपछि उनी कारागारमा सजाय भोगिरहेका थिए । सन् २०२० को अगष्टमा उनलाई १६ वर्षको जेल सजाय सुनाइएको थियो । मङ्गलबार उनको लाहोरमा अन्त्येष्टि गरिएको लस्कर ए तैबाका सदस्य सार्वजनिक गरेको भिडियोमा दाबी गरिएको छ । 
–––
 

 

 

प्रतिकृया दिनुहोस