(डाक्टर सञ्जु खाती खड्काकाे कार दुर्घटनास्थल र दिवंगत डाक्टकाे तस्बिर)
नेपालगञ्ज, १६ जेठ (रासस) : बाँकेको राप्तीसोनारी गाउँपालिका–८ ठुडिया खोला नजिकै आज भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
धनगढीबाट पूर्वतर्फ जाँदै गरेको मे १ ख ३३३५ नंको बसले काठमाडौँबाट कोहलपुरतर्फ आउँदै गरेको बा१३च ८२५३ नंको कारलाई ठक्कर दिँदा कार चालकसहित दुई जनाको घटनास्थलमा मृत्यु भएको इलाका प्रहरी कार्यालय, कोहलपुर, बाँकेले जनाएको छ ।
दुर्घटनामा कार चालक गोरखा, आँपपिपलका सुवास अधिकारी र रुपन्देहीको बुटवल उपमहानगरपालिका–५ बस्ने करिब ५४ वर्षीयाको मृत्यु भएको इलाका प्रहरी कार्यालय, कोहलपुरका प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले जानकारी दिनुभयो ।
प्रहरीले बसलाई नियन्त्रणमा लिएको छ । घटनाको अनुसन्धान भइरहेको बताइएको छ । दुर्घटना परेर निधन भएकी डा सञ्जु खाती खड्का कर्णाली प्रदेश अस्पतालका प्रमुख डाक्टर डम्बर खड्काकी श्रीमती भएकाे जानकारी हुन आएकाे छ ।
–––
प्रतिकृया दिनुहोस