• शुक्रबार-बैशाख-७-२०८१

यसरी 'दिलवाले दुल्हनिया ले जाएंगे' ले टुटाएकाे थियाे चोपडा र अख्तरको मित्रता !

 

मुम्बई, १७ जेठ । बलिउडमा दुई परिवारबीच राम्रो सम्बन्धको कुरा गर्दा पहिलो नम्बरमा यश चोपडा र जावेद अख्तरको परिवार आउँछ । यश चोपडाका लागि जावेद अख्तरले लेखक सलीमसँग मिलेर फिल्म लेखे । उनले एक्लैले कयाै‌ गीत पनि लेखे । जब जावेद र उनकी पत्नी हनी इरानी अलग भए, तब हनीले यशका लागि ‘लम्हे’, ‘आईना’ र ‘डर’ जस्ता फिल्म लेखिन् । तर एक फिल्मले यो परिवारको सम्बन्धलाई टुटायो ।

 

फरहान अख्तरको फिल्म ‘दिल चाहता हे (२००१)’ जब रिलिज भयो, यो फिल्मको कथा वास्तविक रुपमा चोपडा र अख्तर परिवारसँग मिलेको चर्चा चल्यो । किनकी फिल्ममा तीन साथी आमिर खान, सैफ अली खान र अक्षय खन्नाको कथा देखाइएको छ । तर फरहानले यो कुरालाई अस्वीकार गरे । फरहान फिल्मका लेखक र निर्देशक थिए ।

 

कुनै समय फरहान अख्तर, आदित्य चोपडा र उदय चोपडा मिल्ने साथी थिए । तिनैजना सँगै खेले, पढे र ठूला भएका थिए । तर सम्बन्धमा त्यो बेला दरार आयो, जुन बेला फिल्म ‘दिलवाले दुल्हनिया ले जाएंगे (१९९५)’ रिलिज भयो । फिल्मले रिलिजसँगै आदित्य चोपडाको नामको धुम मच्चायो । उनी फिल्मका लेखक, पटकथाकार र निर्देशक थिए ।

 

तर, हनी ईरानीले यो फिल्ममा आफूलाई कथाकारको रुपमा क्रेडिट नदिएको आरोप लगाइन् । फिल्मको कथा लेखनमा उनको पनि योगदान रहेको दाबी थियो । उनले फिल्मको कथा लेखिरहँदा आदित्यसँग कुराकानी हुने गरेको बताउने गरेकी थिइन् । उनी फिल्मको स्वीटजरल्याण्ड सेड्युलमा पनि गएकी थिइन् । आदित्यले हनीलाई स्टोरी राइटरका रुपमा क्रेडिट दिएका थिएनन् ।

 

यश चोपडाले यो मामलामा कुनै हस्तक्षेप गरेनन् । यो विषयमा मिडियामा समाचार आउन थालेपछि उनीहरुको सम्बन्धमा दरार आउन थाल्यो । फरहानले पनि आफ्नो आमालाई क्रेडिट नदिएकोमा गुनासो गरे । जबकी फिल्मको सफलताको बारेमा बताउन कुनै आवश्यकतै ठानिएन । फरहान अन्तत: दुवै चोपडा दाजुभाईसँग अलग्गिए । फरहान विशेष रुपमा उदयसँग नजिक थिए ।

 

उता हनी र यश चोपडाकी श्रीमति पामेलाको सम्बन्ध पारिवारिक साथीका रुपमा थियो । त्यो सम्बन्ध पनि यो फिल्मसँगै समाप्त भयो । फरहानले ‘दिल चाहता हे’लाई आफूहरुको जीवनबाट प्रभावित नभएको बताए पनि उनले मानिसले आफ्नो जीवनमा भएका घटनालाई भुल्न नसक्ने भन्दै घुमाउरो पारामा स्वीकारेका थिए ।

 

 

 

प्रतिकृया दिनुहोस