• शुक्रबार-चैत-१६-२०८०

बेवारिसे अवस्थामा रहेको अबैध कुखुराको चल्ला नियन्त्रण 

 

रुपन्देही, १७ जेठ । रुपन्देहीको रोहिणी गाउँपालिका वडा नं. २ मैनिहवामा बेवारिसे अवस्थामा रहेको अबैध कुखुराको चल्ला नियन्त्रणमा लिएको प्रहरीले जानकारी गराएको छ ।  


जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोलीले आज मिति २०८०।०२।१७ गते भारत बाट नेपाल तर्फ चोरी पैठारी गरी ल्याउदै गरेको बेवारिसे अवस्थामा रहेको ब्रोइलर कुखुराको चल्ला ४० काटुन  ३२०० वटा अन्दाजी मुल्य २,००,०००/-(दुई लाख) बराबरको कुखुराको चल्ला बरामद गरेको हो ।

 

बरामद गरिएको कुखुराको चल्लाहरु आवश्यक कारवाहीको लागि  पशु क्वारेन्टाइन चेक पोष्ट कार्यालय वेलहिया रुपन्देहीमा बुझाईएको जिल्ला प्रहरी कार्यालय भैरहवा, रुपन्देहीले जानकारी दिएको छ ।     
 
 

 

 

प्रतिकृया दिनुहोस