• शुक्रबार-जेठ-३०-२०८२

यस्ता छन् मन्त्री परिषद् बैंठकका निर्णय

काठमाडौं, १२ भदौ। सरकारले भन्सार विधेयक र विद्युत विधेयक संसद्मा पेश गर्ने निर्णय गरेको छ। नेपाल सरकारकी प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्माले आज (भदाै १२ गते मंगलबार) बसेको मन्त्रिपरिषद्को बैठक उक्त निर्णय गरेको बताइन्।


साथै, आजको मन्त्रीपरिषद्को बैठकले दिनेशकुमार घिमिरेलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ। त्यसैगरी प्रतिनिधिसभा सदस्यद्वय माधव सापकोटा र राजेन्द्रकुमार केसीलाई निजीकरण समितिको सदस्यमा मनोनित गर्ने निर्णय पनि भएको प्रवक्ता शर्माले बताइन्।


त्यसैगरी, नेपाल औषधि लिमिटेडको महाप्रबन्धकमा कैलाश कुमार पनेरुलाई नियुक्त गर्ने सरकारले निर्णय गरेको छ।


कूटनीतिक तथा सरकारी राहदानी वाहकलाई नेपाल र फिलिपिन्सबीच हुने सम्झौतामा हस्ताक्षर गर्नसमेत मन्त्री परिषद्ले स्वीकृति दिएको छ।

प्रतिकृया दिनुहोस