१९औं एशियाली खेलकुद प्रतियोगितामा सहभागी हुने खेलाडीहरुको विदाई
काठमाडाैं । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालबाट ‘१९औं एशियाली खेलकुद प्रतियोगिता’ अन्तर्गत महिला ह्याण्डबलमा सहभागी हुने खेलाडी, प्रशिक्षकर अफिसियल लगायत बक्सिङ खेलमा सहभागी हुने खेलाडीहरुलाई २०८० असोज २ गते सशस्त्र प्रहरी बल नेपाल मुख्यालयमा आयोजित कार्यक्रमका बिच हार्दिक बिदाई गरिएको छ ।
सन् २०२३ सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म चीनको हाङ्गझाओ शहरमा संचालन हुने एशियाली खेलकुद प्रतियोगिता अन्तर्गत महिला ह्याण्डबलतर्फ क्याप्टेन बन्दना राईसहित १६ जना र बक्सिङ खेलमा सहभागी हुने एपीएफका ४ जना खेलाडी तथा प्रशिक्षक र अफिसियल गरी जम्मा २३ जनालाई विदाई गरिएको हो ।
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले खेलकुदले व्यक्तिगत विकासमा टेवा पुग्ने मात्र नभई समग्र राष्ट्रको समेत पहिचान झल्काउने भएकोले सहभागी सम्पूर्ण खेलाडीहरुबाट अनुशासित तवरले खेल प्रदर्शन गर्नका साथै राष्ट्र र समग्र जनताले खेलाडीहरुबाट उत्कृष्ट नतिजाको अपेक्षा राखेको बताएका छन् ।
।
कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु नारायणदत्त पौडेल, चन्द्र प्रकाश गौतम र बंशीराज दाहाल लगायत सशस्त्र प्रहरी बल नेपालका वरिष्ठ अधिकृत, नेपाल ह्याण्ड बल संघका अध्यक्ष विश्व बम मल्ल तथा संघका अन्य पदाधिकारीहरुको समेत उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस